गुराँसे नमूना वस्ती कार्यक्रम अलपत्र

स्काई न्यूज / मंसिर १६,सल्यान ।
सशस्त्र  दश बर्षे जनयुद्धले थिलोथिलो भएकोे सल्यान गुराँसेलाई युद्ध पर्यटकीय क्षेत्रमा विकास गर्नका लागि युद्ध पर्यटकीय क्षेत्र नमुना गाउँ घोषणा गरिएको धेरै वर्ष वितिसकेको छ । द्वन्द्वमा पिल्सिएको गुरासे गाउँलाई शान्ति प्रक्रियापछि नमुना गाउँ बनाउने कार्यक्रम आएपनि युद्ध पर्यटकीय क्षेत्रको विकासले भने गति लिन सकेको छैन । २०५७ र २०५९ जेठ २९ गते गुराँसेमा स्थानीय २ सहित ११ जनाको ज्यान जाने गरी ठुलो भिडन्त भएको थियो । भिडन्तमा परि धेरै मानिस घाइते भएका थिए  । गुराँसेसहित आसपासका क्षेत्रमा ७० घरमा आगजनी समेत भएको थियो । जलेका र भत्केका घर ओत लाग्ने बनाउन गुराँसेवासीलाई एक वर्षभन्दा धेरै लागेको थियो । २०६३ मंसिर ५ मा राज्य र माओवादीबीच शान्ति सम्झौता भएपछि पीडितलाई राहत र क्षतिपूर्ति दिने कार्यक्रम बनेका थिए । स्थानीय तेजवहादुर योगीले ठूलो क्षति भोगेका गाउँमा सरकारले ‘नमुना गाउँ बनाउने’ कार्यक्रम अन्र्तगत गुरासेलाई पनि नमुना गाउँमा छनोट गरे पनि नमुना गाउँ घोषणा भएको डेढ दशक बितिसक्दा पनि युद्ध पर्यटकिय क्षेत्र गुराँसेले मुहार फेर्न नसकेको वताए । उनका अनुसार सडक र विजुली लगायतका पूर्वाधारको कामको सुरुवात भएपनि थप काम भएको छैन । द्धन्द्धपिडित राम बहादुर बस्नेतले नमुना गाउँ घोषणा भएपछि द्वन्द्वमा आफन्त, घरबास गुमाएका र घाइते भएका पिडितको घाउको मलम लगाउन आय आर्जन र रोजगारीकामूलक कार्यक्रम आवश्यक भएको बताए ।

नमूना गाउँ विकास लागि तत्कालिन शान्ति तथा पुर्ननिर्माण मन्त्रालयले ३ करोड बजेट उपलब्ध गराएको थियो । निर्माण उपभोक्ता समितिका अध्यक्ष चित्रवहादुर केसीले सुरुको चरणमा सडक विजुली वत्ती, विद्यालय भवन, सहकारी भवन निर्माण गरेको वताए । रोजगारी सहितका अवसर आउला भन्ने आश गरेका पिडित अहिले निराशमा बनेको बताए । ‘उनले भने युद्धपर्यटकिय क्षेत्र नमुना गाउँ मात्र सिमित भएको छ ।’ छत्रेश्वरी गाउँपालिकाले भने युद्ध पर्यटकीय क्षेत्रलाई बिकास गर्नको लागि गुरुयोजनाका साथ जाने बताएको छ । पर्यटक भित्रयाउनको लागि विगत द्वन्द्वकालमा भएका र बनाइएका संरचनाहरूको संरक्षण र सम्र्वद्धन गरी बजेट बिनियोजन गरी डीपीआरको काम भैरहेको गाउँपालिकाले जनाएको छ । छत्रेश्वरी गाउँपालिका सल्यान अध्यक्ष सन्तोष केसीले युद्ध पर्यटन गुरुयोजानामा युद्वकालमा भएका गतिविधि, संरचनाको अवस्था, गर्नुपर्ने काम र यस क्षेत्रको धार्मिक, साँस्कृतिक पर्यटनलाई प्राथमिकता दिएर योजना निर्माण गर्ने गरी तयारी भएको वताए । उनले भने ‘युद्धको समयमा प्रयोग भएका हातहतियार, युद्ध प्रभाबित जनमानसको जिवनस्तर, घाईते भएर अंग भंंग भएका ब्यक्ति, गोलिका निसानी अहिले पनि जिबन्त छन । युद्धका अवशेष, अध्ययन, अनुसन्धान गरी यसलाई जोगाउन सकेमा गुरासे महत्वपुर्ण स्थान बन्ने छ ।’

 

Translate »