नेकपा सचिवालय बैठकमै महासचिव पौडेलले मनाए जन्मदिन

मंसिर १६,काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा महासचिव बिष्णुप्रसाद पौडेलको जन्मदिन मनाइएको छ। बैठक शुरु हुनु भन्दा अगाडी उनको ६२ औँ जन्मदिन मनाइएको हो। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री ईश्वर पोखरेलका साथै वरिष्ठ नेताहरुले उनलाई केक खुवाएर जन्मदिनको बधाई तथा स्वस्थ जीवनको शुभकामना व्यक्त गरेका छन्। सो अवसरमा पार्टी उपध्यक्ष वामदेव गौतमले एक सय बर्ष बाँच्नुहोस् र राम्रो काम गरेर जानुहोला भन्दै शब्दमा शुभकामना दिएका छन्। (नेपाली पब्लिक)

 

Translate »