बाढीपहिरो पीडितको रक्षा गरौं

मनसुन सकिनै लाग्दा तीन दिनदेखि अविरल परेको वर्षा पश्चिम सर्खेतसहित देशभर धेरै जनधनको क्षती पुगेको छ । यति ठूलो विपद् आउँदा सरकारी संयन्त्रहरुको पूर्व तयारी अभावले उद्दार, राहत तथा उपचारमा गरिएको ढिलाईले नागरिकले थप सास्ती खेप्नु परेको छ । प्राकृतिक प्रकोप नआउँदै पूर्व तयारी नहुँदा थप बढी नोक्सानी व्यहोर्नु परेको हो । बाढीपहिरोको वितण्डाले शुक्रबारदेखि लगातार परेको बर्षापछि आएको बाढीपहिरोले पश्चिम सुर्खेतका चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका र बराहतालमा करोडौंको क्षती पु¥याएको छ । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले निरन्तर परेको वर्षापछि आएको बाढीपहिरोबाट पश्चिम सुर्खेतमा पशुचौपायासँगै करोडौंको धनजनको क्षति भई कतिपय मानिसहरु बेघर भएको जनाएको छ । जिल्ला प्रशासन कार्यालयले विभिन्न संघसंस्थासँगै स्थानीय तहको सहयोगमा आवश्यक उद्दार तथा राहत कार्य शुरु गरेको छ । अझैपनि वर्षा हुन नसक्ने सम्भावना कायमै रहेकाले जोखिममा रहेका सबै नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ ।
अविरल वर्षाका कारण कर्णाली राजमार्गसहित दैलेख–सुर्खेत सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । कालिकोटको खाँडाचक्र नगरपालिका–५ मौलाकाटिया, दैलेखको दुल्लुनगरपालिका–३ बोटखाला, चामुण्डाविन्द्रासैनी नगरपालिका–७ रामघाट र बराहताल गाउँपालिका–७ कल्यानमा पहिरो गएको हो । स्थानीय प्रशासनले राजमार्ग खुलाउन लागिरहेको जनाएपनि शक्ति र मामाथ्र्यको अभाव देखिएको छ । सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत गुराँस गाउँपालिका–६ स्थित जिरो प्वाइन्ट र केराबारीमा ठूलो पहिरो गएपछि सडक अवरुद्ध भएको हो । जेसीवी ल्याएर पहिरो हटाउने प्रयास भएपनि अविरल वर्षाका कारण हटाउने काम प्रभावित बन्दा ठाउँ ठाउँमा पहिरो जाँदा यात्रुहरुले सास्ती खेप्नुपरेको छ । अर्कोतर्फ जलवायु परिवर्तनका कारण नेपालमा खाद्यसंकटको जोखिम बढेको छ । बोटबिरुवाहरुको चक्रमा परिवर्तन आएको छ । साथै वर्षातको प्रवृत्तिमा आएको परिवर्तनले बाढी र पहिरोको नयाँ खालको समस्या देखिन थालेको छ । हिमतालहरु फुट्ने जोखिम बढेको छ । त्यसैले नेपालले विकास रणनीति तय गर्दा जलवायु परिवर्तनका सम्भावित जोखिमबारे ध्यान दिनुपर्ने देखिन्छ ।

हुन त कुनै पनि उद्योग कलकारखाना वा विकास आयोजनाहरू निर्माण गर्दा वातावरणीय प्रभाव मूल्यांकन अनिवार्य गरिएको छ । तर, यो मात्र पर्याप्त देखिँदैन । खासगरी वायुप्रदूषण नेपालका लागि ठूलो चुनौती देखिएको छ । नेपालको बस्ती विस्तारको गलत नीतिका कारण जोखिम बढेको हो । त्यस्तै डोजरे विकासले पनि पहिरोलाई निम्तो दिइरहेको छ । कस्तो ठाउँमा बस्ती बसाउन उपयुक्त हुने हो, त्यसअनुसार बस्ती नसारे पहिरोको समस्या झनै विकराल हुने देखिन्छ । यी सबै कारणले जीडीपी घट्ने मात्र होइन, मुलुक ठूलै विपतमा नफस्ला पनि भन्न सकिँदैन । अतः विकास निर्माण र आर्थिक गतिविधिका लागि विशेष रणनीति तय गर्नु ढिला गर्नु हुँदैन । अहिले जहाँ–जहाँ बाढीपहिरोले क्षती पु¥याएको तत्काल राहत उद्दारसँगै घरबारविहिनलाईको स्थायी बसोवासका लागि सोच्न आवश्यक छ । पहिलेको कुरा मान्छे बाँचेपछि मात्र अरु केही गर्न सकिन्छ । मरेपछि त केही गर्न सकिदैन् । त्यसैले राज्यका सबै संयन्त्रले समयमै विपद्का घटनामा परेका नागरिकको राहत, उद्दार उपमचारसँगै दिगो बास व्यवस्था मिलाउन ढिलाई गर्नु हुँदैन् ।