छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

असोज ३, नेपालगञ्ज । बाँकेमा भएका छुट्टाछुट्टै घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।

राप्तीसोनारी गाउँपालिकामा करेन्ट लागेर एक जना र कोहलपुर नगरपालिकामा नहरमा डुबेर एक जनाको मृत्यु भएको हो ।

राप्ती सोनारी गाउँपालिका–८ सम्शेरगञ्जमा करेन्ट लागेर स्थानीय ७३ वर्षीय बुद्धिमान लामाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए।

लामालाई पानी तान्ने मोटरमा तार जोड्ने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो ।

यस्तै सिक्टा सिँचाई आयोजनाको नहरमा डुबेर कोहलपुर– ८ का ११ वर्षीय बालक आकाश गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । रेडियो नेपाल

Translate »