पार्टीको वार्षिक कार्ययोजना र मिसन ८४ का मूलभूत पक्षहरु (Annual Action Plan)

भर्खरै मात्र हाम्रो पार्टी नेकपा (एमाले) को केन्द्रिय कमिटीकोे पाँचौं बैठकले पार्टीमा रहेका विभिन्न समस्याहरुलाई पहिचान सहित हल गरी पार्टीलाई सुदृढिकरण गर्न बिगतमा पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ को जगमा एक वर्षे वार्षिक कार्ययोजना तय गरिसकेको छ । परिस्थतिको दवाव कस्तो छ भने यी तमाम खराबीहरुको अन्त्य गर्न र दक्षिणपंथी शक्तिहरुलाई परास्त गर्न पार्टीले राष्ट्रको नेतृत्व नगरिकन धरै छैन ।

त्यसको लागि हामीले व्यापक संगठन बनाएर जानु पर्ने, बिगतको ‘मिसन ग्रासरुट’ को जगमा भर्खरै पार्टीको केन्द्रिय कमिटीको पाँचौ बैठकबाट पार्टीले निर्देशित गरेको वार्षिक कार्य योजनाको स्प्रीट अनुसार प्रत्येक वडामा मतदाताको अनुपातमा ३ प्रतिशत अनिवार्य पार्टी सदस्य र प्रदेशमा कम्तिमा ६ प्रतिशत मतदाताको अनुपातमा सदस्यता कायम गर्नु पर्ने पार्टीले ठोस निर्देशन गरेको छ ।

यद्यपि ! विगतमा ग्रासरुट अभियानमा समेत २ मत बढाउने र ५ मतको रक्षा गर्ने नीति पार्टीले नबनाएको भने होइन, तर त्यसतर्फ ठोस प्रगति हासिल हुन नसक्दा अपेक्षाकृत परिणाम प्राप्त हुन नसकेको कुरा सत्य हो । पार्टीमा संगठित गर्ने आवश्यक हुँदाहुँदै पनि मुलकुरा विचार राजनीति र रुपान्तरण सहितको एमाले कसरी निर्माण गर्ने यो आजको मुल प्रश्न हो ? किनकी ३६४ दिन २३ घण्टा ५९ मिनेट ५९ सेकेण्ड एमाले हुने तर मतदान गर्दा १ सेकेन्ड भित्र अन्य पार्टीको चुनाव चिन्हमा भोट जाहेर गर्ने प्रवृत्ति पार्टी जीवनमा निकै खतरनाक भाइरसको रुपमा बिजारोपन हुँदैछ ।

यस्ता गतिविधिहरु एकआध सदस्य वा भोटरबाट जाहेर हुनु त्यति धेरै आपत्तिजनक कुरा नहुन पनि सक्थ्यो तर कतिपय ठाउँमा नेतृत्व तहबाटै त्यसको अगुवाई गर्ने, आफु उम्मेदवार नभएमा प्रत्यक्ष र परोक्ष पार्टी र उम्मेदवारका विरुद्ध विभिन्न नाटक मन्चन गर्दै उम्मेदवार र समग्र निर्वाचनरुपी राष्ट्र निर्माणको अभियानलाई कमजोर बनाउने प्रवृत्ति हाबी भैरहेको विषयमा केन्द्रिय कमिटीको पाँचौं बैठकले संश्लेषण गरिसकेको पनि छ ।

भर्खरै सम्पन्न संसदीय निर्वाचनलाई मसिनो गरी नियाल्दा विभिन्न घेराबन्दी र गठबन्धनका बाबजुद नेकपा (एमाले) ले एक्लै लोकप्रिय मतमा सबैभन्दा धेरै मत २८ लाख ४५ हजार ६४१ मत प्राप्त गरेको छ । २०७४ र ०७९ को निर्वाचनको मत मतान्तरलाई तुलना गरेर हेर¥यो भने क्रमशः ४५ हजारको अन्तरले छोडेकोमा यस निर्वाचनमा १ लाख २५ हजारको मतान्तरले कांग्रेसलाई छोडेको छ ।

भर्खरै सम्पन्न संसदीय निर्वाचनलाई मसिनो गरी नियाल्दा विभिन्न घेराबन्दी र गठबन्धनका बाबजुद नेकपा (एमाले) ले एक्लै लोकप्रिय मतमा सबैभन्दा धेरै मत २८ लाख ४५ हजार ६४१ मत प्राप्त गरेको छ । २०७४ र ०७९ को निर्वाचनको मत मतान्तरलाई तुलना गरेर हेर¥यो भने क्रमशः ४५ हजारको अन्तरले छोडेकोमा यस निर्वाचनमा १ लाख २५ हजारको मतान्तरले कांग्रेसलाई छोडेको छ । यस्तै धनकुटा, पर्वत र अर्घाखाँची गरी ३ जिल्लामा विपक्षीहरुको क्लीन स्वीप भएको छ ।

लोकप्रिय मतको हिसावले २०७४ मा एमाले ५ प्रदेशमा पहिलो पार्टी बनेको थियो । यस पटक भने मधेस प्रदेश बाहेक सबै प्रदेशमा नेकपा एमाले नंम्बर १ पार्टी बनेको छ । ७७ जिल्ला मध्ये नेकपा एमालेको ४४ जिल्लामा लोकप्रिय मत बढी छ । नेकपा (एमाले) दोश्रो भएको २४, तेश्रो भएको ८ र चौथो भएको जिल्ला १ मात्र छ । संघ तर्फ पार्टीले ११२ देखि ४३० मतको अन्तरले ८ जना उम्मेदवार पराजीत, १ हजार ७९ मत भन्दा कम १४ जना पराजीत, ११२ देखि ३०८३ सम्म पराजीत हुने उम्मेदवार २५ जना रहेका छन ।

यसरी गठबन्धन वा बाह्य कारणले होइनकी आन्तरिक कारणले गुमेको सिट संख्याको मात्रा हेर¥यो भने हामी कहाँ चुक्यौ, सहजै अनुमान गर्न सकिन्छ । यसको मुल कारण भनेको ६ दलीय गठबन्धनले राष्ट्रको साधनस्रोतको दुरुपयोग गर्नु आदी इत्यादी कारण त छँदैछन् त्यसमा पनि मुलतः पार्टी भित्रको अन्तरविरोधलाई ठिक ढंगले हल गर्न नसक्दा समेत हामीले अपेक्षाकृत परिणाम निकाल्न नसकेको कुरा साँचो हो ।

आमरुपमा केवल निर्वाचनमा मात्र होइनकी पार्टी सञ्चालनको प्रक्रियामा समेत यस्ता तिक्ततापूर्ण अन्तरविरोधहरु मुखरित भैरहने प्रवृत्ति भएपनि निर्वाचनको मुखमा बढी समस्याहरु मुखरित भएर आउने प्रवृत्तले समस्या झनै बिकराल बन्दै गएको अवस्था छ ।

अर्कोतिर जनवादी केन्द्रियताको प्रयोगलाई आत्मसाथ गर्दै पार्टी प्रणाली भित्र विचार र सार्थक मुद्धामा छलफल बहस गर्ने भन्दा पनि निरर्थक परिणामहिन बहसमा लिप्त हुने, पार्टीमा निरन्तर छलफलबाट छलफलमा मात्र जाने तर समस्या कहिल्यै नटुंगीने अनन्त बहसमा रमाउने, एउटा पक्षले अर्को पक्षलाई सधैं दुत्कारी रहने र सधैं निषेधको नियम लागु गर्ने, पार्टी भित्र आफु सही र अमुख पक्ष गलत हो भन्ने र दुबै पक्षले आफुलाई योग्य साबित गरी राख्ने, तर को सही वा गलत कहिल्यै निष्कर्षमा पुग्न नसक्ने र पार्टी कार्यकर्ताले त्यसको पहिचान र समाधान नैं पाउन नसक्ने रोगले पार्टी प्रणाली तहसनहस बन्दै गईरहेको अवस्था छ ।

अझ हास्यास्पद ! कुरा त के छ भने ? त्यस्ता तिक्तता र शत्रुतापूर्ण बहसबाट व्यक्तिलाई सही र गलतको आधारमा समयमै कार्वाही वा पुरस्कृत गर्ने भन्दा पनि समग्र कमिटी नेतृत्व वा संस्था समेत अनिर्णयको बन्दीको रुपमा मुकदर्शक बन्ने प्रवृत्तिले पार्टी थप आक्रान्त बन्न पुगेको छ । यी र यस्ता तमाम गलत प्रवृत्तिबाट पार्टीलाई कसरी सुदृढिकरण र एकताबद्ध बनाउने ? यही सन्दर्भलाई हल गर्ने प्रयत्न स्वरुप यहाँ केही बुँदा संश्लेषण गर्ने प्रयास गरिएको छ ।

(क) नयाँ आधारमा नयाँ एकता कायम गर्ने :– अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको अनुभव समेतलाई हेर्दा जब पार्टी भित्र निरर्थक बहस, ध्वंसात्मक र शत्रुतापूर्ण (एण्टागोनास्टीक) अन्र्तसंघर्षबाट गुज्रन पुग्छ तब पुराना मूल्य मान्यता र सन्दर्भबाट पूर्व मानसिकताको आधारमा बहसको बिसर्जन गरेर नयाँ आधारमा नयाँ एकताको प्रक्रियामा प्रवेश गर्नु पर्ने हुन्छ । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको क्षेत्रमा समेत हेर¥यो भने यस्ता थुप्रै दृष्टान्तहरु भेटिन्छन् ।

जब रुसमा जारशाही र लेनिनको आरएसडीएलपी ( बोल्सेभिक) पार्टी र मेन्सेभीक लगायत अन्य वामपंथीशक्तिहरु वीच नै भीषण अन्तर संघर्ष भईरहेको थियो । लेनिनले जारशाहीका विरुद्ध सम्पूर्ण शक्ति केन्द्रित गर्न र रुसलाई सामन्तवादको चंगुलबाट मुक्त गर्न नयाँ आधारमा नयाँ एकताको माध्यामबाट सम्पूर्ण शक्ति एकजुट भएर मात्र जारशाहीको पतन सम्भब छ भन्ने मान्यतालाई अघी सारेर आफुुसँग तिक्ततापूर्ण अन्र्तसंघर्षमा होमिरहेका मेन्सेभीक पार्टी लगायत अन्य शक्तिहरुलाई साथमा लिएर रुसमा क्रान्ति सम्पन्न गरे ।

यस्तै क्रान्ति पश्चात पनि आफ्नो देशलाई युद्धबाट सम्बृद्धितीर अघी बढाउन आफ्नो केही भूभाग समेत फिर्ता दिँदै मार्च ३ – १९१८ मा जर्मन साम्राज्यसँग बे्रष्ट–लिटोभस्क सन्धि गरे । त्यस्तै माओले चीनमा सामन्तवादलाई परास्त गर्न र नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न पार्टी भित्र निषेध र शत्रुतापूर्ण भीषण अन्र्तसंघर्ष चलिरहेको बेला पार्टी भित्रको सबै शक्तिलाई लिएर अघी बढ्ने रणनीति अबलम्बन गर्दै क्रान्तिको दौरान र सर्वहारा सांस्कृतिक क्रान्तिको समयमा समेत केही एकआध घटना बाहेक पार्टीको आन्तरिक शक्तिलाई सुदृढ र एकताबद्ध गर्ने कामलाई अघी बढाए ।

त्यति मात्र नभई देश भित्र च्यांकाइसेकसँग भीषण संघर्ष भईरहेको बेला जापानिज साम्राज्यवादले १९३१ मा देशमा धावा बोल्दा मिलेर मात्र जापानिज साम्राज्यवादलाई परास्त गर्न सकिन्छ भन्ने मान्यता सहित च्यांकाइसेकसँग एकताको हात अघी बढाए र द्वन्द्वरत सम्पूर्ण शक्ति एक भएर १४ वर्ष लामो प्रतिरोधपूर्ण लडाईमा एकजुट भै १९४१ मा जापानिज साम्राज्यवादलाई देशबाट भगाएरै छोडे ।

एकता बिना राष्ट्र निर्माणको अभियान समेत सम्भब हुँदैन भन्ने कुरालाई आत्मसाथ गर्दै दक्षिण अफ्रीकामा १९९० को क्रान्ति पश्चात कालाहरुको सत्ता उद्मात अनियन्त्रित भईरहेको र आफ्ना गोरा नागरिकहरु विदेश पलायनको उच्च जोखिमको संघारमा गोराहरुलाई साथमा लिएर मात्र देश बनाउन सभब छ भन्ने कुरालाई आत्मसाथ गर्दै नेल्शन मण्डेलाले उनीहरुलाई साथमा लिएर मात्र होइन कि “फस्ट ह्वाइट” को मान्यतालाई अंगीकार गर्दै अघी बढ्ने नीति अबलम्बन गरे र त्यस नीतिले केही दशक भित्रै दक्षिण अफ्रीका विकासमा फड्को मार्ने आधार तय गर¥यो ।

नेपालमा समेत ४० को दशकमा दशौं चिरामा विभक्त नेपालका कम्युनिष्ट पार्टीहरु राजतन्त्रको विरुद्धमा लड्न सबै एकठाउँ आए । चाहे त्यो २०४६ सालको जनआन्दोलन पुरा गर्ने सवालमा होस् वा २०६२, ०६३ को जनआन्दोलन पुरा गर्ने सवालमा होस्, वाम शक्तिहरु मात्र एक ठाउँमा आएका होइनन्, प्रजातान्त्रिक र वामशक्तिहरु समेत एक ठाउँमा आएकोले परिवर्तन सम्भव भएको हो ।

२०४६ सालको जनआन्दोलनमा वाम र प्रजातान्त्रिक शक्तिहरु एक ठाउँमा नआएको भए परिवर्तन शायद सम्भव न हुन पनि सक्थ्यो । त्यस्तै गणतन्त्र स्थापना पूर्व राजा ज्ञानेन्द्रको दमन नीतिलाई प्रतिरोध र परास्त गर्न एबं गणतन्त्रको स्थापना गर्न एक आपसमा जीवन मरणको संघर्षमा उत्रिएका कांग्रेस–माओवादी र एमाले पार्टीहरु एउटै मोर्चामा आएर मात्र राजतन्त्रलाई विदाइ गर्न सम्भव भयो र गणतन्त्रको प्रार्दुभाव भयो ।

त्यसैले पार्टी भित्र जति सुकै अन्तरविरोध वा मानौं शत्रुतापूर्ण अन्तरविरोध चलेकै भएपनि पार्टी भित्रको आन्तरिक शक्तिलाई पुर्नसंगठित गर्न पार्टी भित्रको शक्तिलाई एकताबद्ध नगरेर पार्टीले लिएका अशिष्ठहरु पुरा गर्न सकिदैन् भन्ने केही दृष्टान्तहरुलाई मात्र यहांँ उजागर गर्न खोजिएको हो । साथै देश निर्माणमा समेत आफ्नो प्रतिष्पर्धी वा दुश्मन किटानी गरेको शक्तिलाई समेत साथमा नलिएर देश निर्माण गर्न सम्भब हुँदैन भन्ने यसको सारभूत पक्ष हो ।

अहिलेको परिवेशमा कुन–कुन आधारमा नयाँ आधारमा नयाँ एकता सम्भव छ ? यी विषय वस्तुहरुलाई तपसिल अनुसार पहिचान गर्न सकिन्छ ।

पहिलो (१) २०८४ को आम निर्वाचनमा नेकपा (एमाले) ले एक्लै ५१ प्रतिशत बहुमतका साथ राज्यका सबै तहमा नेतृत्व गर्ने । (२) दक्षिणपंथी प्रतिक्रियावादलाई परास्त गर्ने । (३) शहीदहरु मदन भण्डारी, ऋषिप्रसाद शर्मा लगायत हजारौं शहीदहरुको रगतको सम्मान र मूल्यबोध गर्ने । (४) सहजता र सफलतापूर्वक आफ्नो पदीय जिम्मेवारी र भूमिका पुरा गर्ने । (५) निरर्थक अनन्तः बहसलाई सकारात्मक र सार्थक बहसतर्फ मोड्दै परिवर्तनको दिशातिर क्रान्तिलाई अघी बढाउने ।

(६) फुटटुट बिग्रह विभाजनाबाट क्रान्ति सम्पन्न गर्न नसकिने कुरा बिगत र हाम्रै जीवनमा समेत प्रमाणित भईसकेकोले एकताबाट लक्ष्य प्राप्त गर्न सकिन्छ । (८) पार्टीमा सबैको स्वामित्व र अपनत्व कायम गरेर सबैलाई गोलबन्द गरेर मात्र शक्ति आर्जन गर्न सकिन्छ । (९) दार्शनिक र सैद्धान्तिक मान्यतालाई अनुसरण गर्दै, “माक्र्सवाद लागु गर, संसोधनवाद होइन, एकजुट हौओ नफुट, छलछाम र षड्यन्त्र नगर खुल्ला र स्पष्ट हौओ” भन्ने मान्यतालाई आत्मसाथ गर्दै आदर्श, नैतिकवान र अनुशासित कम्युनिष्ट पार्टी निर्माण गर्ने । (१०) निरन्तर क्रान्तिलाई अघी बढाउन र सर्बहारा अधिनायकत्व सहितको समाजवादी राज्य स्थापना गर्ने ।

(ख) जनवादी केन्द्रियता : जनवादी केन्द्रियताको वस्तुनिष्ठ प्रयोग मार्फत पार्टीलाई मजबुत र एकताबद्ध गर्न निम्न विधिलाई आत्मसाथ गरौं । :–
(१) संस्थागत रुपमा पार्टीको दर्शन, संगठन, विचार, विधि र विधान भन्दा बाहिर हुने कुनैपनि गतिविधिलाई प्रश्रय नदिने । (२) ‘थ्री इन वन’ को सिद्धान्तलाई पालना गर्दै जेष्ठ, प्रौढ र युवालाई संगठनमा सन्तुलित गर्दै हरेक कमिटीमा सन्तुलित र समावेशी प्रणालीलाई उचित ढंगले लागु गर्ने ।

(३) राजनीति, विचार, संगठनलाई उच्च प्राथामिकतामा राख्दै पार्टीमा निरन्तर क्रियाशील शक्ति र पार्टीमा समायोजन भईरहेको शक्तिलाई समेत ध्यानमा राख्दै भावनात्मक सम्बन्ध र व्यवहारलाई समेत समेट्दै कार्यकर्ताको उचित सम्पर्क, समन्वय, जिम्मेवारी र ब्यवस्थापन गर्ने । (४) अरुको क्षेत्र र भूगोलमा हुने नकारात्मक गतिविधिबाट तरंगीत नहुँने र आफ्नो जिम्मेवारी र क्षेत्रमा उपलब्धी हासिल गर्न मरिमेटी लाग्ने ।

(५) पार्टीका विभिन्न तहका कमिटीमा सम्भव भए सतप्रतिशत, नभए पनि बहुमत सहितको निर्णय प्रक्रियामा जोड दिने एबं हरेक निर्णयलाई जनवादी केन्द्रियताको प्रक्रियाबाट पार्टीमा सबैको अपनत्व, स्वामित्व र निर्णयमा सर्बसहमत गराएर जाने परिपाटीको थालनी गर्ने र एकआध निर्णयमा सर्बसहमत हुनै नसक्ने स्थितिमा जनवादी प्रक्रियाको ठिक ढंगले प्रयोग गर्दै खुल्ला, पारदर्शी, विधि र पद्धतीमा टेकेर सबैको सहभागिता र सहमतिमा विषयवस्तुलाई परिपक्व र सकारात्मक संदेश प्रवाह गर्ने गरी एबं संस्थालाई कुनै क्षती नपुग्ने गरी अन्तरविरोधको व्यवस्थापन गर्ने ।

(६) आफ्नो जिम्मेवारी, भूगोल वा क्षेत्रको अन्तरविरोधलाई अरुको क्षेत्रमा वा अरुको क्षेत्रको अन्तरविरोधलाई आफ्नो भूगोल वा क्षेत्रमा प्रवेश गराएर आफ्नो काम र क्षेत्रमा जटिलता थप्ने काममा सावधानी अपनाउने । अरुको कार्यक्षेत्र र जिम्मेवारीमा हस्तक्षेप वा अनावश्यक प्रभावित गर्ने काम नगर्ने । (जस्तै भर्खरै सम्पन्न प्रदेशको संसदीय निर्वाचनमा सुर्खेत जिल्ला क्षेत्र नं १, ‘ख’ प्रदेशको पार्टीको अन्तरविरोध जिल्लामा मात्र होइन प्रदेशमा समेत त्यसले गुणात्मक नकारात्मक परिणाम छोड्ने अस्त्र बन्न पुग्यो ) ।

(७) आफुलाई धुरी बनाएर होइनकी पार्टी आन्दोलनको आवश्यकता अनुसार अघी बढ्नु पर्ने, पछी हट्नु पर्ने वा आलोचना, आत्मलोचना वा गल्ती बोध गर्दा पार्टी आन्दोलनलाई टेवा पुग्ने अवस्था छ भने त्यस्ता विषयमा कुनै पनि पूर्वधारणा, प्रतिष्ठा र पोजीशनको विषय नबनाई निर्णय लिने परिपाटीलाई आत्मसाथ गर्ने ।

(८) आ–आफ्नो सापेक्षतामा निर्वाचन क्षेत्रका कामहरुलाई तीव्रताका साथ अघी बढाउने र विशिष्ट कारण बाहेक आफ्नो कार्यक्षत्रमै जमेर बस्ने तर विशेष कारणबस कार्यक्षेत्र छोड्नै पर्ने वा कामलाई निरन्तरता दिन सक्ने स्थिति नभएमा आफ्नो कमाण्डमा शीघ्रातिशीघ्र जानकारी गराउने । (९) स्थायी अन्तरविरोध वा स्थायी शत्रुतापूर्ण अन्तरविरोधको विधिबाट सही रुपमा अन्तरसंघर्षको ब्यवस्थापन हुँदैन । यस्तो गलत कार्यशैलीलाई सबै कमिटी तहमा निरुत्साहित गर्ने । विभिन्न तहमा पैदा हुने समस्या र अन्तरविरोधलाई मैत्रीपूर्ण ढंगले हल गर्ने परम्पराको थालनी गर्ने ।

(१०) अन्तरसंघर्षलाई हल गर्न र राजनैतिक लक्ष्य प्राप्त गर्न वर्ग संघर्षका मुद्धाहरुलाई व्यापक रुपले अघी बढाउने । (लेनिन बोल्सेभीक क्रान्ति ररीया १९०३ ) । (११) केन्द्रिय अपानी अनुसार हरेक कार्यकर्ताले भूगोल, विभाग वा जनसंगठनको ठोस जिम्मेवारी लिनै पर्ने । (१२) पार्टीको राजनैतिक, सांगठनिक र वैचारिक एकता र विस्तारमा जोड दिँदै कारणबस फुटिरहेका मन, चर्की रहेका घाउलाई मलहम लगाउँदै भावनात्मक रुपमा एकता पैदा गर्ने कुरामा समेत ध्यान दिने ।

(१३) दशौं राष्ट्रिय महाधिवेशनबाट पार्टीले संश्लेषण गरेको दक्षिणपंथी अवसरवाद र सांगठनिक अराजकतावादलाई परास्त गर्न सांगठनिक अभ्यासमा जोड दिने । (१४) पालिका एबं मातहतको कमिटीले अहिलेको केन्द्रिय अपानीलाई पूर्णरुपमा आत्मसाथ गर्दै पार्टीको आफ्नो कमाण्डमा भए गरेका कामहरुको रिपोटिङ्ग प्रणालीमा विशेष ध्यान दिँदै २/२ महिनामा अनिवार्य लिखित रिपोर्ट आ–आफ्नो कमाण्डमा पेश गर्ने । (१५) गुटवाद, फुटवाद र सबैखाले अराजकतावाद मुर्दावाद, पार्टीको सुदृढ एकता जिन्दावाद, यो स्लोगनलाई नारामा मात्र होइन ब्यवहारमा समेत लागु गर्ने ।

(१६) छलफलमा स्वतन्त्रता र काम कार्बाहीमा एकरुपता (उच्च जनवाद र उच्च केन्द्रियताको प्रयोग ) को पद्धतिमा जोड गर्ने । (१७) सहयोद्धाको मृत्युमा जीवन होइनकी सहयोद्धाको जीवन वा खुसीमा आफ्नो जीवन देख्ने चेतनशील संस्कारलाई अनुसरण गर्ने । (१८) पार्टी कार्यालयको कामलाई ब्यवस्थित गर्ने, अभिलेखिकरणमा जोड गर्ने, डिजिटीलाईज पद्धतिलाई अनिवार्य लागु गर्न प्रयत्न गर्ने ।

(१९) आसन्न सम्पन्न हुन गईरहेका पार्टीका विभिन्न तहका अधिवेशनहरुमा निश्चित पात्र, गुट, समूह वा कुनै पनि स्वार्थ केन्द्रित पूर्व मान्यताबाट मुक्त भई पार्टी नविकरणका काम र अधिवेशनका काममा केबल पार्टी सुदृढ र एकताबद्ध कसरी हुन्छ भन्ने कुरालाई मात्र ध्यानमा राखेर आफ्ना गतिविधिहरु केन्द्रित गर्ने

(२०) अभियानमा उपयोगी आवश्यक सामाग्रीहरु अध्ययन गर्नु पर्ने :– गत निर्वाचनमा प्राप्त स्थानीय, प्रदेश र संघको मत परिणामको वास्तबिक अवस्था । पार्टीको राजनैतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, पार्टीको विधान, पार्टीको नियमावली, जनसंगठन समन्वय निर्देशिका, स्थानीय तह सञ्चालन निर्देशिका, आमनिर्वाचनको घोषणापत्र, स्थानीय तह निर्वाचन घोषणा पत्र, केन्द्रिय अनुशासन आयोगको आचारसहिंता, लेखा र लेखापरीक्षण सम्बन्धि नियमावली, निर्देशिका एबं पालिका र वार्डको राजनैतिक, सांगठनिक, आर्थिक, सांस्कृतिक, भौगोलिक एबं जनसम्बन्धको सुचांक झल्कने सहितको दस्तावेजको अध्ययन सहित परिणाम निकाल्न जोड गर्ने ।

(ग) पार्टी स्कूलः राजनैतिक, वैचारिक एबं जीवन रुपान्तरण सहितको स्कुलीङलाई आत्मसाथ गर्ने । लेनिन भन्नु हुन्छ “अज्ञानताले क्रान्ति हुदैन” । त्यसैले समय–समयमा पार्टीले सञ्चालन गर्ने स्कुलींगमा सहभागि हुने कुरा त छँदैछ त्यसमा पनि हरेक क्षेत्रमा कम्युनिष्ट सदस्यले अध्ययन, चिन्तन, मनन, अन्बेषण, अनुसन्धान, जिज्ञासु र सृजनात्मक बन्दै लेख, रचनाहरु स्वःस्फूर्त अध्ययन, लेखन र प्रकाशनमा समेत जोड दिने एबं २ ‘म’ को विधिलाई दह्रोसँग आत्मसाथ गर्ने ।

पहिलो म वा आफुमा केन्द्रित कुनै पनि दम्भ वा सबै ‘म’ मानैं केन्द्रित हुनुपर्छ भन्ने वा मैखाउ मैलाउ सुखसयल मोजमजा मैगरु भन्ने चिन्तनबाट मुक्त हुने, सामूहिक वा समाजवादी चिन्तनको प्रस्थान बिन्दु ‘म’ बाट हामी भन्ने संस्कारको विकास गर्ने । दोश्रो ‘म’ भन्नाले महिला र मध्यपानलाई बुझ्ने र लागु गर्ने सवालमा माक्र्सवादी दृष्टिकोण लागु गर्ने ।

पहिलो म वा आफुमा केन्द्रित कुनै पनि दम्भ वा सबै ‘म’ मानैं केन्द्रित हुनुपर्छ भन्ने वा मैखाउ मैलाउ सुखसयल मोजमजा मैगरु भन्ने चिन्तनबाट मुक्त हुने, सामूहिक वा समाजवादी चिन्तनको प्रस्थान बिन्दु ‘म’ बाट हामी भन्ने संस्कारको विकास गर्ने । दोश्रो ‘म’ भन्नाले महिला र मध्यपानलाई बुझ्ने र लागु गर्ने सवालमा माक्र्सवादी दृष्टिकोण लागु गर्ने ।

अतः विगतमा कतिपय ठाउँमा मिसन ग्रासरुटले अपेक्षाकृत परिणाम निकाल्न सफल नरहेको भन्ने जस्ता गुनासा आइरहेको स्थिति भए पनि मिसन ग्रासरुटले हाम्रो पार्टीलाई सुदृढ र सबल बनाउने प्रक्रिया स्वरुप कम्तीमा ढोका खोल्ने काम गरेको छ । समस्याको पहिचान गर्ने काम को सुरुवात गरेको छ । अतः अब मिसन २०८४ पुरा गर्न राज्यका तीनै तहमा ५१ प्रसेन्ट जनमत पार्टीको पक्षमा गोलबन्द गर्दै ‘सुखी नेपाली र सम्बृद्ध नेपाल’ को महत्वकांक्षी लक्ष्यलाई सफलीभूत पार्न माथि उल्लेखित विधि, प्रक्रिया र सिद्धान्तबाट अघी बढ्नुको विकल्प छैन ।

यसो गर¥यौ भने मात्र हामीले पार्टीको वार्षिक कार्ययोजनाले निर्दिष्ट गरेका कार्यभारलाई ठोस रुपमा कार्वान्वयन गर्न सफल हुने छौं । विभिन्न व्यक्तिगत चिन्तन, प्रवृत्ति, बुझाई र विभिन्न तहमा रहेका समस्याका बाबजुद पार्टी भित्रका अन्तरविरोधलाई यथाशीघ्र किनारा लगाउँदै यस महान राष्ट्र निर्माणको अभियानलाई सफल पार्न पार्टीका सम्पूर्ण शक्ति एकजुट भै अघी बढौं र मिसन ८४ लाई सफल पारौं । परिवर्तन सुनिश्चित छ ।
                                                             लेखकः– ठम्मर विष्ट, नेकपा (एमाले) केन्द्रीय समिति सदस्य

Translate »