सुरक्षित कर्णाली विशेष अभियान : मुगुका घर–घरमा प्रहरीको सम्पर्क सहितको स्प्टिकर

सनत हमाल/मुगु । कर्णाली प्रदेश प्रहरी कार्यालयले सुरक्षित कर्णाली विषेश अभियान अन्तर्गत मुगु जिल्लामा पनि अभियान सुरु गरिएको छ। जिल्ला प्रहरी कार्यालय मुगुको आयोजना र छायानाथ रारा नगरपालिकाको सहकार्यमा मुगु प्रहरीको फोन नंबर सहितको स्टिकर टाँस अभियान सुरू गरिएको हो।

अभियानले सबै नागरिकलाई प्रहरी सेवामा सहज पहुँचको लागि प्रत्येक घर–घरमा नजिकका प्रहरी युनिटहरुको फोन नम्बरसहित स्टिकर टाँस गरिएको छ। आइतबार अभियानको मुगु जिल्ला समन्वय प्रमुख मन्जन कार्की छायानाथ रारानगरपालिका प्रमुख विष्णुकुमार भाम, प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापा, जिल्ला प्रहरी प्रमुख महेश बस्नेत, मुगु जिल्ला नागरिक समाजका अध्यक्ष रुपबहादुर मल्लले कार्यक्रमको शुभारम्भ गरेका छन्।

जिल्लाको जुनसुकै क्षेत्रमा बसिरहेका नागरिकहरुले कुनै शंकास्पद चिज वस्तुहरु थाहा पाएमा, देखेमा वा आफूले असुक्षित महसुस गरेमा नजिकको प्रहरीसम्म तत्काल खबर दिन वा लिनको लागि अन्य व्यक्तिहरुको सहरा लिन नपरोस् र आफैँ टेलिफोनमार्फत प्रहरीमा सिधा कुरा पु¥याउन सहयोग हुने अपेक्षा गरिएको छ।

नागरिकको सूचना बमोजिम नजिकको प्रहरी छिटो भन्दा छिटो घर–घरमा पुगी आवश्यक सुरक्षा पु¥याउन सकियोस्, अपराधिक गतिविधिहरु निरुत्साहित गर्न सकियोस् र नागरिकलाई अझ नजिकबाट सेवा दिन सकियोस् भन्ने उद्देश्यका साथ यो अभियान सुरु गरिएको प्रहरीको भनाइ छ ।

नागरिकलाई सुरक्षाको अनुभूति दिन अभियानलाई जिल्ला भरीनै लागू गरिने र जिल्ला भित्रका ९ हजार भन्दा बढी घरधुरीहरुमा प्रहरीको फोन नम्बर भएको स्टिकर प्रत्येक घरहरूको मूल ढोकामा टाँस गरिने बताईएको । स्टिकर टाँस अभियान सञ्चालन गर्न स्थानीय तहसँग आवश्यक समन्वयबाट गरिएने प्रहरीले जनाएको छ।

Translate »