कर्णाली प्रदेश प्रमुख परियारद्वारा दुई वटा विधेयक प्रमाणिकरण

सुर्खेत ।  कर्णाली प्रदेश प्रमुख तिलक परियारले आज दुई वटा विधेयक प्रमाणिकरण गर्नु भएको छ ।

प्रदेश सभाबाट पारित भएका अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र आर्थिक वर्ष आर्थिक वर्ष २०८०/०८१ को सेवा र कार्यको लागि कर्णाली प्रदेश संचित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणिकरण गर्नु भएको हो ।

प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम विधेयक प्रमाणिकरण गर्नु भएको प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिए ।

Translate »