नेपालगञ्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत पक्राउ
बाँके । नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको रु २६ लाखसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् । नेपालगञ्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत पक्राउ पक्राउ पर्नेमा दाङको तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेको प्रहरीले जनाएको छ ।
विमानस्थलमा जाँचका क्रमममा सापकोटाले बोकेको झोलाबाट स्रोत नखुलेको उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए । कर अधिकृत सापकोटाका साथमा रहेका तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमै कार्यरत दिपक पौडेल भने फरार भएको उनले बताए ।
उनी उक्त रकम लिएर सापकोटा श्री एयरलाइन्सको उडानबाट नेपालगन्जदेखि काठमाडौं जाँदै थिए । सापकोटालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जानकारी दिएको छ ।