इजरायलमा भएको आक्रमणमा परी १० नेपालीको मृत्यु, १ जना सम्पर्क विहिन, ४ जना उपचार गराउँदै

काठमाडौं । हमासले इजरायलमाथि गरेको आक्रमणमा परेका १७ जना नेपाली मध्ये १० जना नेपालीको मृत्यु भएको छ । हमासले गरेको आक्रमणमा परि १० जना नेपालीहरुको मृत्यु भएको र १ जना सम्पर्क विहिन भएको इजरायल स्थित नेपाली दुतावसले जनाएको छ ।

आक्रमणबाट घाइते नेपाली मध्ये अस्पतालमा ४ जना उपाचारत रहेका छन् । घटनमा परेका दुई जना भने सुरक्षित छन् । यसअघि आज दिउसो बसेको प्रतिनिधि सभाको बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले १२ जना नेपाली संपर्कबिहिन भएको बताएका थिए ।

इजरायलमा रहेका मध्य सुदुर पश्चिम विश्वविद्यालयबाट गएका ४९ जना मध्ये १७ जना गाजा क्षेत्र नजिकै किबुज अलिमिम भन्ने स्थानमा बस्ने गरेका र त्यसमध्यका १२ जना सम्पर्क विहिन भएको मन्त्री साउदले सदन समक्ष जानकारी गराएका थिए ।

मन्त्री सउदले इजरायलमा भएको आक्रमणमा परेका नेपालीहरुको उद्दारकालगि समन्वय संयन्त्र स्थापना गरेर नेपालीहरूको अवस्था पहिचान, उद्दारको कार्य अघि बढाइएको जानकारी गराएका छन्।

यसैबीच इजरायलको सुरक्षा परिषदले लडाकु समूहहरु हमास र प्यालेस्टाइनी इस्लामिक जिहादविरुद्धको युद्धलाई आक्रमणको चरणमा लैजाने निर्णय गरेको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले प्यालेस्टिनी लडाकू समूह हमासले एक्कासी इजरायलमाथि गरेको आक्रमणमा दुवै पक्षका सयौँ व्यक्तिको मृत्यु भएपछि ‘लामो र कठिन’ युद्ध हुने चेतावनी दिएको छ । इजरेली सेनाले गाजाको सीमा नजिकका सहरहरूमा बस्ने सबै बासिन्दाहरूलाई आगामी चौबीस घण्टाभित्र त्यस क्षेत्रबाट अन्यत्र सारिने बताएको छ ।

सेनाका अनुसार प्यालेस्टिनी लडाकु समूह हमास रहेको क्षेत्रमा आफ्नो आक्रमणलाई तीव्र पार्ने क्रममा सीमा नजिकका क्षेत्रहरू खाली गर्न लागेको हो । दक्षिणी इजरायलका विभिन्न क्षेत्रमा दोस्रो दिन पनि दुई पक्षबीच भिडन्त जारी छ । हमासको आक्रमणमा र भिडन्तमा परी ६ सय इजरेली मारिएका छन् भने सयजना भन्दा बढी इजरेली नागरिलाई अपहरण गरिएको छ ।

दुई पक्षबीच भिडन्तमा सयभन्दा बढी प्यालेस्टिनी बन्दुकधारीहरू पननि मारिएको र कैयौँलाई गिरफ्तार गरिएको इजरेली सेनाले जनाएको छ। गाजास्थित प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले इजरायलले गरेको हवाई आक्रमणमा तीन सयभन्दा बढी व्यक्तिको मृत्यु भएको र करिब दुई हजार घाइते भएको बताएका छन् ।

हिजबुल्लाह समूहले तीनवटा इजरेली चौकीमा रकेट आक्रमण गरेपछि इजरेली सेनाले लेबननमा पनि आक्रमण गरेको छ। इजरेललेआक्रमणमा आफ्ना कम्तीमा तीन सय नागरिकहरू मारिएको र एक हजारभन्दा बढी घाइते भएको बताएको छ।

कति इजरेलीहरूलाई हमास लडाकुहरूले बन्धक बनाएका छन् भन्ने अझै स्पष्ट नभएको बी बी सीलेजनाएको छ । इजरायल प्यालेस्टाईन तनावबारे छलफल गर्न राष्ट्र संघीय सुरक्षा परिषद्को आज आपत्कालीन बैठक बस्दै छ। यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडनले इजरायललाई सहयोगका लागि प्रस्ताव गरेका छन् । (एनटिभि)

Translate »