नेपाल आयल निगमका कार्यकारी निर्देशक थानीद्वारा पदबाट राजीनामा


काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएका छन् । मंगलबार अपराह्न ४ बजे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर थानीले राजीनामा पत्र बुझाएका हुन् ।
‘उहाँले भोलिदेखि लागुहुने गरी राजीनामा बुझाउनु भएको छ । ४ बजे तिर राजीनमा पत्र बुझाउनु भएकाले मन्त्रालयले उहाँको राजीनामा सनाखत प्रक्रियामा प्रवेश गराएको छैन,’ मन्त्रीको सचिवालयले भन्यो ।

थानीले व्याक्तिगत कारण देखाउँदै राजीनामा दिएका छन् । आफ्नो कार्यकाल सकिनु अगाबै पदबाट राजीनामा दिएको उनको भनाइ छ ।
थानि २०७८ फागुनमा तीन वर्षे कार्यकालका लागि निगमको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए । उनले कार्यभार सम्हाल्दा घाटामा रहेको आयल निगम अहिले भने नाफामा रहेको छ ।

