पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा ३ रुपैयाँका दरले मूल्य घटाएको हो ।

शुक्रबार रातिदेखि लागू हुनेगरी मूल्य घटाइएको निगमले जनाएको छ। ग्यासको मूल्य भने यथावत राखिएको छ । भारतले पठाएको नयाँ मूल्यमा पेट्रोलमा ३.०७ रुपैयाँ, डिजेल र मट्टितेलमा मा ३.१६ रुपैयाँ रहेको थियो । नयाँ मूल्यसूचीअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६७ र डिजेल–मट्टितेलको १५७ रुपैयाँ पर्नेछ।