सुर्खेतका सिडिओ सापकोटा सहित २५ जना सह–सचिवको सरुवा

काठमाडौं । गृह मन्त्रालयले सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटासहित २५ जना सह–सचिवको सरुवा गरेको छ । गृहले शुक्रबार १९ प्रमुख जिल्ला अधिकारी सहित २५ जना सह–सचिवहरुको सरुवा तथा पदस्थापन गरेको हो ।
मन्त्रालयले बन्धुप्रसाद बास्तोलालाई झापा, शंकरहरि आचार्यलाई सुर्खेत, नारायणप्रसाद सापकोटालाई भोजपुर र हरिप्रसाद घिमिरेलाई उदयपुर सरुवा गरेको छ । त्यस्तै जनार्दन गौतमलाई तनहुँ, बीरेन्द्रकुमार यादवलाई गृह मन्त्रालय, हिरालाल रेग्मीलाई रौतहट, धर्मेन्द्रकुमार मिश्रलाई कैलाली, दिनेश सागर भुसाललाई पर्सा, युवराज कटेललाई गृह मन्त्रालय, विश्वप्रकाश अर्याललाई कपिलवस्तु र सुरेश पन्थीलाई नवलपरासी पश्चिम, सुनिता नेपाललाई स्याङ्जा, शशिधर घिमिरेलाई गृह मन्त्रालय सरुवा गरिएको हो ।

त्यस्तै सहसचिव आनन्द काफ्लेलाई पाल्पा, प्रेम प्रसाद भट्टराईलाई मोरङको सिडिओ, भोला दाहाललाई गोरखाको सिडिओ, नारायणप्रसाद अर्याललाई प्युठानको सिडिओ, भरत खनाललाई सिन्धुलीको सिडिओ, महादेव पन्थलाई कसूरजन्य सम्पत्ति व्यवस्थापन विभाग, र स्किम श्रेष्ठलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । त्यस्तै झक्कुप्रसाद आचार्यलाई सिन्धुपाल्चोक र जयनारायण आचार्यलाई सुनसरीको सिडिओमा नियुक्त गरिएको हो।