‘वर्तमान सत्ता समीकरणले मिसन ८४ लाई सहयोग गर्छ’


दाङ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले वर्तमान सत्ता समीकरणले मिसन ८४ लाई सहयोग गर्ने बताउनुभएको छ । नेकपा एमाले दाङको पहिलो बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

दुई ठुला दल मिलेर सत्ता सञ्चालन गर्ने लक्ष्य नभएको भन्दै भविष्यमा संविधान संशोधन गरेर स्थायी राजनीतिक व्यवस्थाका लागि यसो गरिएको उनले जनाए । पार्टीलाई दलित, महिला, जनजाति तथा सबै समुदायमा पुर्याउन उनले कार्यकर्ताहरूलाई निर्देशन दिए ।
संविधानमै केही कमजोरी रहेको भन्दै कार्यान्वयनका आधारमा संविधान संशोधन गरिने उनले बताए ।

