२०८३ कात्तिक १ , शनिबार
Sky News Nepal
October 17, 2026

नेपाली सेनाद्वारा जाजरकोटकी एक गर्भवतीको हेलिकोप्टरबाट उद्दार



जाजरकोट । नेपाली सेनाले सुत्केरी हुन नसकेकी जाजरकोटकी एक गर्भवतीलाई हेलिकोप्टरबाट उद्दार गरेको छ। जिल्लाको कुशे गाउँपालिका–४, टाँगाचौर बस्ने कृष्ण बहादुर रोकायकी श्रीमती १८ वर्षीया निशा रोकायलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरेर सुर्खेत ल्याईएको हो ।

तीन दिन अघि सुत्केरी बेथा लागेकी उनलाई सोमवार स्वास्थ्य चौकी अर्छानी लगिएको थियो । स्वास्थ्य चौकीमा पनि सुत्केरी हुन नसकेपछि र उनको अवस्था जटिल बन्दै गएपछि सुर्खेत रेफर गरिएको हो । उनलाई मंगलबार हेलिकोप्टरबाट उद्दार गरेर प्रदेश अस्पताल सुर्खेत ल्याईएको छ ।

स्वास्थ्य चौकीमा भरपर्दो सेवा उपलब्ध नुहुँदा स्थानीयलाई निकै समस्या भइरहेको छ । नेपाली सेनाले जाजरकोटबाट एक वर्षको अवधिमा दर्जन बढी गर्भवतीलाई थप उपचारका लागि हवाई उद्दार गरेर सुर्खेत ल्याएको छ ।

प्रकाशित मिति : २०८१ साउन १५ गते मंगलबार
Translate »