कर्णाली राजमार्ग फेरी अवरुद्ध


सुर्खेत । कर्णाली राजमार्ग पहिरोले फेरी अवरुद्ध भएको छ ।
सुर्खेत – जुम्ला सडक खण्ड अन्तर्गत गएराती आएको अविरल वर्षाले कालिकोट एसमोड र हुल्ममा पहिरो आउँदा बुधबार बिहानैदेखि राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको हो ।

पहिरो हटाएर छिटोभन्दा छिटो सडक सञ्चालनमा ल्याउने काम युद्धस्तरमा भईरहेको सडक डिभिजन कार्यालय जुम्लाका सुचना अधिकारी वीरबहादुर जिटीले बताए । उनले राजमार्गसँगै अन्य स्थानमा पनि बाढीपहिराले बन्द भएका सडक खुलाउने काम भइरहेको जनाए ।
उनका उनुसार कर्णाली राजमार्गअन्तर्गत कालीकोटखण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ। सडक बन्द हुँदा जुम्ला, मुगुबाट सुर्खेत, नेपालगन्ज र काठमाडौ जाने सवारीसाधन वीच बाटोमा रोकिदा सयौं यात्रुहरु अलपत्रमा परेका छन् ।

