प्रशंसा बटुल्दै बिदा भए बाँकेका प्रजिअ रिजाल

बाँके । बाँकेको प्रमुख जिल्ला अधिकारीबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएपछि खगेन्द्र प्रसाद रिजाललाई एक कार्यक्रमका बीच बिदाई गरिएको छ ।

बाँकेमा प्रजिअ रिजालले पदीय जिम्मेवारी अनुसार असल प्रशासकको रुपमा काम गरेको भन्दै चौतर्फी प्रशंसा भएको छ । नेपालगञ्ज उपमहानगरपालिकामा आयोजित बिदाई समारोहमा उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले प्रजिअ रिजाल अत्यन्त नरम, मिजासिला, क्षमतावान्, इमान्दार र कर्तव्यपरायण रहेको बताए । मेयर बिष्टले प्रजिअको कार्यशैलीको मुक्तकण्ठले प्रशंसा गरे ।

आज नरैनापुरमा आयोजित बिदाई एवं सम्मान कार्यक्रममा सैयद इश्तियाक अहमद शाहले प्रजिअ रिजालले असल प्रशासक रहेको भन्दै प्रशंसा गर्दै एउटा असल प्रशासक हुनका लागि कमाण्ड, कन्ट्रोल र कम्युनिकेशन हुनु आवश्यक रहेको बताए ।

उनले प्रजिअ रिजाल जस्तै प्रशासक सबै जिल्लामा प्रमुख जिल्ला अधिकारी हुने हो भने मुलुकमा अमन, चयन, शान्ती सुव्यवस्था कायम हुनुका साथै सुशासनको क्षेत्रमा समेत निकै प्रगति हुने जिकिर गरे । उनले धार्मिक द्वन्द्वको चपेटामा परेको बाँकेलाई द्वन्द्वमुक्त बनाउन सफल हुनु भएकोमा प्रजिअ रिजाललाई बधाई दिए ।

Translate »