माटोको ढिस्कोले पुरिएर घाइतेको हेलिकप्टरबाट उद्दार गरि सुर्खेत ल्याइयो
सुर्खेत । हुुम्लामा माटोको ढिस्कोले पुरिएर घाइते भएका ४ जनाको उद्दार गरि सुुर्खेत ल्याईएको छ ।
उनीहरुको थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरि आज प्रदेश अस्पताल कालागाउँ सुर्खेत ल्याईएको हो । उनीहरु मध्य तीन जनाको अवस्था गम्भिर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

हुम्लाको सर्केगाड गाउँपालिका–७, रोडिकोटमा आज विहान माटोको ढिस्को खस्दा २८ वर्षीया नेत्रकला जैसीको मृत्यु हुनुका साथै ४ जना महिला घाइते भएका थिए ।
घाईते मध्य वर्ष २५ की तिर्थकला जैशी, वर्ष ३७ की जालकी जैशी र वर्ष २९ की लक्ष्मादेवी जैशीको अवस्था गम्भिर रहेको छ भने वर्ष २२ की मन्जु जैशीको अवस्था सामान्य बन्दै गईरहेको प्रदेश अस्पतालले जनाएको छ ।