दैलेखकी सुत्केरीको हेलिकप्टरबाट उद्दार

सुर्खेत । दैलेखकी सुत्केरीको हेलिकप्टरबाट उद्दार गरि सुर्खेत ल्याईएको छ ।

बच्चा जन्मिसकेपछि रक्तस्राव नरोकिएपछि आज दैलेखको आठबिस नगरपालिका–८, की २८ वर्षीया मन्सरा बिकको उपचारको लागि हेलिकप्टरबाट उद्दार गरि प्रदेश अस्पताल कालागाउँ सुर्खेत ल्याईएको हो ।

अहिले उनको प्रदेश अस्पताल कालागाउँमा उपचार शुरु भएको छ ।

सुत्केरीको स्वास्थ्य अवस्था विग्रीन थालेपछि दैलेख जिल्ला प्रशासन कार्यालयको समन्वयमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गतको राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत उपचारका लागि उनको हेलिकप्टरबाट उद्दार गरिएको हो ।

Translate »