खानेपानी जस्ता सम्वेदनशील आयोजना तोकिएकै समयमा सक्ने गरि जुट्न मुख्यमन्त्री कँडेलको निर्देशन

यसकुमार चपाई/सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गर्मी बढेसँगै खानेपानीको समस्या बढ्ने भएकाले  खानेपानी आयोजनाका काम समयमै सक्ने गरि जुट्न निर्देशन दिएका छन् ।

आज सुर्खेतमा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना (डब्लुएएसजीआईएसपी) आयोजना कार्यन्वयन इकाईले आयोजना गरेको वीरेन्द्रनगर नगरपालिका तथा शारदा नगरपालिकाको प्रगति समिक्षा र बजेट व्यवस्थापन सम्बन्धित बैठकलाई सम्बोधन गर्दै उनले जनताको खानेपानीको समस्या समाधान गर्ने आयोजना भएकाले काममा तीव्रता दिन निर्देशन दिएका हुन् ।

‘खानेपानी जस्ता सम्वेदनशील आयोजना जनतासँग र जनताको दैनिकीसँग जोडिएको आयोजना भएकाले विशेष महत्वका साथ समयमै निर्माण कार्य सम्पन्न गर्नु तपाई हाम्रो परम दायित्व हो,’ उनले भने ।

कार्यक्रममा माननीय जलश्रोत तथा उर्जा विकास मन्त्री बिजया बुढा, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, आयोजना प्रमुख संजितकुमार साह, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव र जलस्रोत तथा उर्जा विकास मन्त्रालयका सचिव लगायतको सहभागिता रहेको थियो ।

Translate »