सुर्खेतका बजारभरी भारतीय हानिकारक दूषित मिठाईको विगविगी

वीरेन्द्रनगर । सुर्खेतका बजारभरी भारतीय दूषित मिसावटयुक्त मिठाईको विगविगी रहेको पाईएको छ ।

उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको अगुवाईमा मंगलबार कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगरमा गरिएको मिठाई पसलको अनुगमनका क्रममा भारतीय दूषित र मिसावटयुक्त मिठाईको विगविगी रहेको पाईएको हो ।

भारतमा उत्पादनका भएका विभिन्न ब्राण्डका नामका बनाईएका मिठाईको उत्पादन, मिति, तौलसँगै कहिलेसम्म खानयोग्य हुन भन्ने उल्लेख नभएका दूषित र मिसावटयुक्त मिठाई बजारभरी छ्¥याप–छयाती रहेको अनुगमनका क्रममा पाईएको छ ।

बजार अनुगमन टोलीले भारतीय मुलका नेपालीले विक्री गर्ने अधिकांस मिठाई पसलमा भारतमा उत्पादनका भएका विभिन्न ब्राण्डका नाममा बनाईएका मिठाईको उत्पादन, मिति, तौलसँगै कहिलेसम्म खानयोग्य हुन भन्ने उल्लेख नभएका दूषित र मिसावटयुक्त मिठाई फेला पारेको हो ।

भारतीय मिठाई विचौलिया र भारतीय मुलका नेपाली वीचको साँठगाँठमा उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पुग्नेखालका मिसावटयुक्त मिठाईहरु सुर्खेतका बजारभरी विक्री वितरण भईरहेको पाईएको छ । गलत मनसाय राखेर व्यवसाय गर्ने भारतीय मूलका नेपाली व्यवसायीहरुका कारण सुर्खेतका बजारमा हानीकारक पदार्थ मिसावट गरिएको मिठाई खुलेआम बिक्री वितरण भईरहेको पाईएपछि बजार अनुगमन टोलीले कडाई शुरु गरेको हो ।

चिकित्सकहरुले यस्ता मिसावटयुक्त खाद्य वस्तु खादा स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएकाले विशेष ध्यान दिन सुझाव दिएका छन् । होली जस्ता चाडवाडका बेला समान्य समयको भन्दा बजारमा मिठाईजन्य परिकारको कारोवार बढी हुने भएकाले व्यापारीहरुले पनि मिसावट गर्दै मौकाको फाईदा उठाईरहेका हुन् ।

वीरेन्द्रनगरका बजारभरी अखाद्य मिसावट गरिएका मिठाईहरु भेटिन थालेपछि बजार अनुगमन टोलीले जफत गरेर नष्ट गर्ने गरेको छ । टोलीले अधिक मात्रामा रंग हालिएका, फोहोर ठाँउमा राखिएका, दुधबाट बनेका मिठाईका परिकारहरु सडेको पनि पाइएको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका बजार अनुगमन अधिकृत माधव न्यौपानेले बताए ।

उनले मिठाईलाई आकर्षक देखाउन अखाद्य रंग हालिका, पुराना सडेगलेका, ढुसी लागेर र स्वास्थ्यका लागि प्रतिकुल हानिकारक मिठाईहरु बजारमा विक्री वितरण भईरहेको पाईएको जनाए । होली पर्वका लागि लक्षित गरेर बजारमा बेच्न राखिएका मिठाईमा अखाद्य पदार्थको मिसावट बढी पाईएकाले उपभोग गर्दा विशेष सावधानी अपनाउन उनले आम उपभोक्तालाई आग्रह गरे ।

यस्ता मिठाई खाँदा दीर्घकालीन रोग समेत निम्तन सक्ने भएकोले विशेष सावधानी अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन् । एक त स्वस्थकर मिठाई पनि धेरै खानु हुन्न, त्यसमाथि पनि बजारमा पाइने अस्वस्थकर र अखाद्य रङ मिसाइएका मिठाई खाँदा मानिस रोगी बन्न थालेकोले मिठाईको गुणस्तर पहिचान गरेर मात्रै उपभोग गर्नपर्ने खाद्य प्रविधि विज्ञहरुको सुझाव छ ।

सुर्खेतका बजारमा रहेका अधिकांस मिठाई पसलमा अहिले अखाद्य रंग मिसाईएका मिठाईहरु बिक्री वितरण भईरहेका छन् । होलीमा मिठाई अनिवार्य भएकोले उपभोक्ताहरु बजारमा जस्तो पायो त्यस्तै मिठाई किन्न बाध्य छन् । तर उपभोक्ताले पनि सचेत हुनुपर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका सूचना अधिकारी दिक्षा श्रेष्ठले बताईन् ।

‘होली पर्वको समयमा पनि बजार अनुगमनलाई निरन्तरता दिएका छौं,’ उनले भनिन्, ‘विदा भएपनि केही साथीहरु आकस्मिक अनुगमनका लागि तयार छन् । उपभोक्ताले पनि उजुरी गर्नु पर्छ ।’ होलीको बेलामा खाइने रंगविरंगी बजारमा राखिएका मिठाईमा रङ मिसाइने भएकाले सावधानी अपनाउन उनले सुझाव दिईन् ।

धेरै चिल्लो र रङ भएको खानेकुराले ग्यास्ट्रिक, उच्च रक्तचाप, हृदयाघात लगायतका समस्या निम्तने जोखिम धेरै हुने भएकाले मिठाई वा अन्य परिकार बनाउँदा गुणस्तरीय धीउ, तेल प्रयोग गर्न र मिसावट रहित खाद्यपदार्थ प्रयोग गर्न उनले सुझाव दिईन् । यसैवीच बजार अनुगमन टोलीले करिब ५० हजार बराबरको म्याद नाघेका पेय तथा मिठाईहरु नष्ट गरेको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका अधिकृत थिरबहादुर श्रेष्ठले जानकारी दिए ।

उनले भारतीयका मुलका नेपालीले सञ्चालन गरेका मिठाई पसलहरुमा प्रायः सडेगलेका, म्याद नाघेका, खान अयोग्य रंगहरु मिसाबट गरिएका भारतीय सामाग्रीबाट बनाईएका मिठाईहरु जफत गरी नष्ट गरिएको जानकारी दिए । उनले आम उपभोक्ताको हितमा प्रतिकुल असर पर्ने खालका मिठाई विक्री वितरण नगर्न भारतीय मुलका नेपालीसँगै अन्यलाई सुझाब दिईएको बताए ।

फेरी कानून विपरित कार्य गरेर मिसावट, अखाद्य रंग मिसाइएको मिठाई फेला परेमा कडा कार्वाहीका लागि सिफारिस गरिने उनको भनाइ छ । अहिले बजारमा मिरिण्डा, फेन्टा, पेप्सी जस्ता पेयपदार्थ समेत म्याद नाघेको पाईएकाले सुर्खेत स्थित पेय पदार्थका डिलरमाथि कडा निगरानी राखिएको उनले जानकारी दिए ।

उनले मंगलबार मात्र वीरेन्द्रनगरका १५ वटा पसलमा राखिएका करिब ३० हजार बराबरका म्याद नाघेका पेय पदार्थ सम्बन्धित विक्रेताबाटै नष्ट गर्न लगाईएको बताए । यता जिल्ला जिल्ला प्रशासन कार्यालय सुर्खेतले समेत होली पर्वमा जिल्लाभरी बजार अनुगमनलाई कडाई गर्न विभिन्न निकायको सहयोगमा तीव्रता दिने प्रतिबद्धता जनाएको छ ।

Translate »