प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन कर्णाली प्रदेशको अध्यक्षमा तिवारी

सुर्खेत । प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन कर्णाली प्रदेशको अध्यक्षमा बालाराम तिवारी निर्वाचित भएका छन् ।

शनिबार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न कर्णाली प्रदेशको तेस्रो अधिवेशनले तिवारीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । अधिवेशनले १७ सदस्यीय नवनिर्वाचित कर्णाली प्रदेश कार्यसमिति निर्वाचित गरेको छ ।

प्रदेश समितिको उपाध्यक्षमा प्रविण भुसाल, सचिव सन्तोष थापा, सह–सचिव सरोज न्यौपाने तथा कोषाध्यक्षमा राजेन्द्र पाण्डेलाई सर्वसम्मत निर्वाचित गरेको हो । अधिवेशनले सदस्यमा कौशल केसी, गोपाल घिमिरे पुष्पराज उपाध्याय, विकास जिसी, प्रविन पुलामी मगर, सुरेन्द्र शर्मा, प्रकाश रेग्मी, मेनुका भण्डारी, तीर्थराज कँडेल, सुमित भट्ट, निर्मल बुढा, टिकाराम ढकाल र लेखा आयोग संयोजकमा क्षेत्र बोहरा निर्वाचित भएका छन् ।

अधिवेशनमा कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल, नेकपा एमाले कर्णाली प्रदेशका अध्यक्ष गुलाबजंग शाह, नेकपा एमाले कर्णाली प्रदेश कमिटी उपाध्यक्ष टेकराज पछाई, नेकपा एमाले कर्णाली प्रदेश कमिटी सचिव कमरेड धुर्वकुमार शाही, नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य एवं पिनका केन्द्रीय सचिव एवं कर्णाली प्रदेश इन्चार्ज नरेश खड्का, नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य महेशकुमार ढुङ्गाना, निजामती कर्मचारी संगठन कर्णाली प्रदेशका उपाध्यक्ष राजेन्द्र पोखरे एवं पिन कर्णाली प्रदेशका अध्यक्ष टिकाराम पोखरेललगायतले नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाईसँगै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

Translate »