नेपाल नेत्र सहायक परिवार कर्णाली प्रदेशको अध्यक्षमा दीक्षित

सुर्खेत । नेपाल नेत्र सहायक परिवार कर्णाली प्रदेश समितिको अध्यक्ष प्रेम दीक्षित निर्वाचित भएका छन् ।
शनिबार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न परिवारको प्रथम कर्णाली प्रदेश सम्मेलन तथा अधिवेशनले दीक्षितलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । प्रदेश समितिको उपाध्यक्ष बबिता पुन, सचिव धनबहादुर केसी, कोषाध्यक्ष दिपेन्द्र साहनी र सह–सचिवमा अरुणकुमार गुप्ता र सह–कोषाध्यक्षमा उमेश लामिछानेलाई निर्वाचित गरेको छ ।
अधिवेशनले सदस्यमा कमल भण्डारी, मङ्गल खड्का, लक्ष्मी शाही, कोसिस श्रेष्ठ, सुनिलकुमार थारु, विशाल बिसी र रुपसिला भण्डारीलाई निर्वाचित गरेको हो । नवनिर्वाचित प्रदेश कार्यसमितिलाई नेपाल नेत्र सहायक परिवारका केन्द्रीय अध्यक्ष केन्द्रीय अध्यक्ष रमेश घिमिरेले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।

उनले उक्त अवसरमा नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै कर्णालीमा आँखा उपचार सेवालाई आम जनमानस समक्ष पु¥याउन सरकारसँगै नेत्र सहायककर्मी जुट्न आवश्यक रहेको जनाए ।
नेपाल नेत्र सहायक परिवारका केन्द्रीय महासचिव रमेश प्रधानले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै नेत्र सहायकको हक, हित र अधिकारका लागि सबै गोलबन्द हुन आवश्यक रहेको औल्याए ।
नवनिर्वाचित कार्यसमितिलाई सुर्खेत आँखा अस्पतालका प्रबन्धक घनबहादुर थापाले हार्दिक बधाईसँगै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।