नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ


रुकुम पश्चिम । रुकुम पश्चिम प्रहरीले नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मंगलबार बेलुकी चौरजहारी बजारबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा चौरजहारी नगरपालिका–१ पुरानो बजार बस्ने ३७ वर्षीय शिखर भण्डारी, २७ वर्षीय तिलकराज गिरी र २३ वर्षीय सुभाष बन गोसाई रहेका छन् ।
उनीहरुले ती बालिकालाई चौरजहारी नगरपालिका–१ चौरजहारी बजारस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

