जाजरकोटमा वडासदस्यसहित दुईजना पुरिए


जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा खसेको पहिरोमा बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी र उहाँका श्रीमान् मानबहादुर चलाउने पुरिएका छन् ।

गए राति २ बजे खसेको पहिरोमा पुरिएकी चलाउनेकी ११ वर्षीया छोरी सम्झनाको घाइते अवस्थामा उद्दार गरी लिम्सास्थित अस्पताल पुर्याइएको वडाध्यक्ष डम्बरबहादुर महताराले टेलिफोनमा जानकारी दिए । पुरिएका चलाउने दम्पतीको उद्दारमा स्थानीय प्रहरी जुटेको भएपनि सफलता प्राप्त नभएको उनले बताए ।

