नेकपा सचिवालय बैठक स्थगित

असोज २,काठमाडौँ ।
शुक्रबार ११ बजेका लागि तय भएकोे नेकपाको सचिवालय बैठक स्थगित भएको छ । बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको हो । संविधान दिवसका विभिन्न कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली व्यस्त भएकाले बैठक सारिएको बताइएको छ । शुक्रबारको बैठकमा मन्त्रिमण्डल पुनर्गठन , संवैधानिक निकायमा रिक्त पदहरुमा नियुक्ति र पार्टी एकीकरणका बाँकी कामहरुबारे छलफल हुने बताइएको थियो ।

Translate »