नेपालमा लोडसेडिंग हुँदैन, भारतबाट प्रतियुनिट ३८ रुपैयाँमा विद्युत् खरीद : विद्युत् प्राधिकरण

चैत १०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बिहीवार रातीदेखि विद्युत् सूचारु हुने भएको छ ।

प्राधिकरणले भारतसँग प्रतियुनिट ३८ रुपैयाँ २० पैसामा विजुली खरीद गर्ने भएको हो । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बिहीवार पत्रकार सम्मेलन गरेर भारतसँग अहिलेसम्मकै उच्च मूल्यमा विजुली खरदि गर्ने सम्झौता भएको बताए ।
भारतमा विजुली महंगो भएको भन्दै प्राधिकरणले भारतबाट विद्युत खरीद गर्न नसक्दा नेपालका कतिपय औद्योगिक क्षेत्रमा विद्युत अभाव भएको थियो । (आर्थिक अभियान)