सुर्खेती बजारमा आयो यामाहाको नयाँ स्कुटर

रु.२ लाख ५४ हजार ९ सय मूल्यको ‘RayZR १२५ एफआई’ मा सरर

स्काई न्यूज / असोज ७, सुर्खेत ।
यामाहाको कर्णालीका लागि आधिकारिक वितरक डेनिस अटो एण्ड सप्लायर्सले नयाँ स्कुटर सार्वजनिक गरेको छ । डेनिसले सुर्खेतको वीरेन्द्रनगरमा विहीबार एक कार्यक्रमको आयोजना गरि यामाहाको एफआई इन्जिनसहितको नयाँ रे जेडआर–१२५, स्कुटर सार्वजनिक गरेको हो । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले रिवन काटेर एफआई इन्जिनसहितको नयाँ रे जेडआर–१२५, स्कुटर सार्वजनिक गरेका छन् । उनले पुरानो मोटरसाइकल कम्पनी यामाहाले शुरुदेखि नै ग्राहकको विश्वास जित्दै आईरहेकाले नयाँ लुक्सको रे जेडआर–१२५, स्कुटरले समेत कर्णालीका ग्राहकको मन जित्न सफल हुने विश्वास व्यक्त गरे । स्कुटरको विक्रीमा मात्र केन्द्रित नभएर विक्रीपछिको सेवामा समेत ध्यान दिन उनले सुझाव दिए ।

यता यामाहाको कर्णालीका लागि आधिकारिक वितरक डेनिस अटो एण्ड सप्लायर्सका प्रबन्ध निर्देशक गणेशकुमार बस्नेतले नेपालमै पहिलो पटक यूएसवी सिस्टम टेक्नोलोजीमा आधारित रे जेडआर–१२५, एफआई स्कुटर कर्णालीका ग्राहकको पहिलो रोजाईमा पर्ने विश्वास व्यक्त गरे । उनले हेर्दा ह्याव्बी देखिएपनि कुल ९९ किलो तौल रहेको रे जेडआर–१२५, एफआई स्कुटर अन्य स्कुटरको तुलनामा २० किलो तौल कम रहेको जानकारी दिए । ‘बजारका अन्य स्कुटर भन्दा थोरै महंगो भएपनि गाडी चड्दा सुरक्षित र दिगो हुँदा आकर्षक र भरपर्दा फिचर छन्,’ उनले भने, ‘स्कुटरको पीकअप राम्रो भएकाले ग्राहकले स्कुटर चलाएर सुरक्षित महशुस गर्न सक्छन् । ठूला र मोटा रेडियल टायर भएकाले स्कुटरको स्पीड पनि उत्तिकै राम्रो रहेको छ ।’ उनले दशै, तिहार एव छठपर्व लक्षित गरेर रे जेडआर–१२५, एफआई स्कुटरमा ६ हजार र अन्यमा ८ हजार रुपैयाँ छुटको अफर ल्याएको जानकारी दिए । उनका अनुसार ग्राहकको मागलाई ध्यानमा राख्दै छिट्टै वीरेन्द्रनगरको पीपीरामा शाखा खोल्ने तयारी रहेको छ ।


१२५ सीसीको रे जेडआरको मूल्य २ लाख ५४ हजार ९ सय रुपैयाँ तोकिएको छ । उक्त स्कुटरमा ३० प्रतिशत धेरै पावर, १६ प्रतिशत सुधारिएको माइलेज, इन–बिल्ट साइड स्ट्यान्ड इन्जिन कटअफ स्विचजस्ता विशेषता रहेको जनाएको छ । त्यसैगरी फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, एलईडी पोजिसन लाइट, टफ लुकिङ हेडलाइट, स्टप एन्ड स्टार्ट सिष्टम, ब्रस गार्ड र स्मार्ट मोटर जेनेरेटर जस्ता विशेषता समेत उपलब्ध छन् । स्कुटरमा भएको बीएस–६ मापदण्ड सहित फ्युल इन्जेक्टेड, ब्लुकोर इन्जिन छ, जसले ६५०० आरपीएममा ८.२ पीएस पावर र ५००० आरपीएममा ९.७ एनएम टर्क जेनेरेट गर्छ । यसबाट पहिलेको ११३ सीसीको स्कुटर भन्दा पावर आउटपुटमा ३० प्रतिशत र फ्युल इकोनोमीमा १६ प्रतिशतले वृद्धि भएको कम्पनीको दाबी छ । स्कुटरमा ५.२ लिटरको इन्धन ट्यांकी छ । दुईवटा रंगमा उक्त स्कुटर उपलब्ध रहेको बताएको छ ।

Translate »