चीनले नेपाली भूमि अतिक्रमण गरेको छैन : गृहमन्त्री थापा

स्काई न्यूज / असोज १०, सुर्खेत ।
गृहमन्त्री रामबहादुर थापाले हुम्लाको हिल्सामा चीनले नेपाली भूमि अतिक्रमण नगरेको बताएका छन् । दार्चुलामा नयाँ निर्माण गरिएको सशस्त्र प्रहरीको गण उद्घाटन गरेर शनिबार सुर्खेत आईपुगेका गृहमन्त्री थापाले परराष्ट्र मन्त्रालयले नै स्पष्ट पारिसकेकाले मिडियामा आएजस्तो गरी नेपाली भूमि चीनले अतिक्रमण नगरेको स्पष्ट पारे । नेपाल–चीनबीचको हुम्लाको हिल्लामा रहेको ११ नम्बर सीमास्तम्भ हराएको नभई जमीनमै रहेको उनको भनाइ थियो । । उनका अनुसार ११ नम्बर मात्रै होइन १० र १२ नम्बर सीमास्तम्भ पनि जमीनमै छन् । उनले देशभरमा बाढीपहिरोले मानविय र धनजनको ठूलो क्षती पु¥याएकाले सुरक्षित आवास निर्माण गर्न सरकारले गृहकार्य शुरु गरिसकेको जानकारी दिए । कुन ठाउँ बढी जोखिम छ र कस्तो ठाउँमा बस्ती बसाल्दा उपयुक्त हुन्छ भन्ने प्रतिवेदनका आधारमा सुरक्षित बस्ती बसाल्ने योजना सरकारले अघि सारेको उनको भनाइ थियो । पत्रकारहरुले सोधेको एक फरक प्रशंङ्गमा गृहमन्त्री थापाले तत्कालै प्रदेशका मुख्यमन्त्रीहरु परिवर्तन गर्ने बारे पार्टी र सरकारमा कुनै निर्णय नभएको समेत स्पष्ट पारे ।

Translate »