सेनाद्धारा २५ लाखको नमुना विद्यालय भवन हस्तान्तरण

सागर परियार/ असोज ११,जुम्ला ।
नेपाली सेनाले निर्माण गरेको नमुना भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । नन्दाबक्स गण जुम्लाले नागरिक सैनिक संयोग कार्यक्रम अन्तरर्गत निर्माण गरेको दुई तले चार कोठे भवन कर्णाली माध्यामिक विद्यालय अनामनगरलाई हस्तान्तरण गरेको हो । नेपाली सेनाका पश्चिम पृतनापति उपरथी विज्ञानदेव पाण्डे तथा जिसस उपप्रमुख कार्मा बुढाद्धारा संयुक्त भवन उद्घाटन गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ । २०७६ कार्तिक २० निर्माण शुरु भएको उक्त भवन निर्धारित समयमै सम्पन्न गरी आइतबार विद्यालयलाई हस्तान्तरण गरिएको नन्दाबक्स गण जुम्लाका गणपति दिवाकर रायमाझिले बताए । प्राविधिक प्रतिवेदन अनुसार ५६ लाख भएपनि गणले २५ लाखमै निर्माण सम्पन्न गरेको छ ।नागरिक सैनिक सहयोग कार्यक्रम आव २०७६/७७ मा विनियोजित २५ लाख बजेटमा सेनाले चार कोठो भवन, प्रतियोगितानै गर्न मिल्ने पक्की बास्केट बल कोर्ट, पानी ट्यांकी, सुविधासम्पन्न शौचालय, लगायतका संरचना निर्माण गरिएको छ । निर्मित भवन हस्तान्तरण गर्दै नेपाली सेनाका उत्तर पश्चिम पृतनापछि उपरथी विज्ञानदेव पाण्डेले यसबाट बालबालिका लाभान्भित हुने अपेक्षा गरिएको बताए ।

नेपाली सेनाले देशको शान्ती सुरक्षा संगै नागरिकको राहत र उद्दारका लागि पूर्वाधार विकास, संस्कृति संरक्षण, वातावरण संरक्षणमा पनि उतिकै अग्रसर रहेको उनको भनाई छ । नागरिकलाई राहत मिल्ने खालका विभिन्न गतिविधिलाई सेनाले प्रथामिकता दिईरहेको उल्लेख गरे । यता, जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले अन्य निकायले करोडौमा बनाउन नसक्ने संरचना नेपाली सेनाले २५ लाखमै बनाएर सुशासन र पारर्दशिर्ताको पाठ सिकाएको बताए । शान्ती सुरक्षा संगै जिल्लाको पूर्वाधार विकासमा सेनाको योगदान प्रशंसा योग्य रहेको समेत उहाँको भनाई छ । नेपाली सेनाले यघि यहाको तातोपानी गाउँपालिका ४ मा विद्यालय भवन, गुठिचौर गाउँपालिका स्थित दसौदी माविमा नमुना शौचालय निर्माण गरी हस्तान्तरण समेत गरिसकेको छ । कर्णाली मावि, अनामनगर जिल्लाकै नमुना विद्यालय मध्यको एक हो । त्यहा विद्यार्थी संख्या करिब १२ सय बढी छन् । तर विद्यार्थी संख्या अनुसार भवन नहुँदा समस्या थियो । त्यस्तै, शौचालय, खेल मैदानका समस्या झनै थिए । तर नेपाली सेनाले विद्यालयको समस्यालाई मध्यनजर गर्दै निर्माण गरी हस्तान्तरण गरेको संरचनाले शैक्षिक गुणस्तरमा टेवा पुगेको कर्णाली माविका प्रअ मिनराज शर्माले बताए । (रेडियो नेपाल)

 

Translate »