सुर्खेतमा सवा लाखको अबैध कपडा बरामद
स्काई न्यूज /चैत १५, सुर्खेत । पछिल्लो समय सुर्खेतमा अन्तर प्रदेशबाट स्रोत नखुलेको अबैध सरसामान ओसारपसार बढेको छ ।
सुर्खेत प्रहरीले अबैध रुपमा ल्याइएका सरसामानसहित ओसारपसारमा संलग्नलाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीले मंगलबार जिल्ला सदरमुकाम वीरेन्द्रनगर–११, सुब्बाकुनास्थित प्रहरी चेक प्वाईन्टमा नेपालगञ्जबाट सुर्खेततर्फ आउदै गरेको बा४ख–४२२२ नम्वरको फोर्स गाडीलाई चेकजाँच अबैध सरसमान फेला पारेको हो ।
डियूटीमा खटिएको प्रहरी सहायक निरीक्षक प्रमोद सिहं नेतृत्वको प्रहरी टोलीले फोर्सगाडीको चेकजाँच गर्दा अवैधरुपमा ल्याईएको ८८ पीस कुर्ता सुरुवालसहितका सामाग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) रामप्रसाद घर्तीमगरले बताए ।
उनले करिब सवा लाख मूल्यका अबैध सरसामानसहित नियन्त्रण लिएर आवश्यक कार्वाहीका लागि आन्तरिक राजश्व कार्यालय वाँकेमा पठाईएको जानकारी दिए ।