एनएमबि बैंकले विद्युतीय सवारी किन्न ऋण दिने
चैत १९, काठमाडौं । एनएमबि बैंकले विद्युतीय सवारी किन्नेलाई सहुलियत ब्याजमा ऋण उपलब्ध गराउने भएको छ ।
कम्पनीले विद्युतीय सवारी प्रयोगलाई प्रोत्साहन गर्न ‘एनएमबि विद्युतीय सवारी कर्जा’ योजना ल्याएको हो । विद्युतीय सवारी खरीद गर्नेले एनएमबि बैंकमा सम्पर्क राखे लागतको ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा दिने कम्पनीले बताएको छ । यो योजनाको सुविधा एक महीनासम्म लिन सकिने पनि कम्पनीले बताएको छ ।
अहिले निक्षेपमा दिइने ब्याजदरभन्दा १ प्रतिशत थप गरेर विद्युतीय सवारी कर्जा उपलब्ध गराइनेछ । त्यस्तै कर्जा प्रशासनिक शूल्कमा शून्य दशमलव २५ प्रतिशत छूट दिइने पनि बताइएको छ ।
स्वच्छ सफा र हराभरा वातावरण अवको विकल्प भएकाले सोलारबाट विद्युत् उत्पादन गर्नेलाई पनि कम्पनीले सहुलियत रूपमा ऋण उपलब्ध गराउने बताइएको छ । आर्थिक अभियान