सहकारी कर्मचारी क्लब सुर्खेतको अध्यक्षमा चित्रप्रसाद रेग्मी

स्काई न्यूज /चैत १९, सुर्खेत । सहकारी कर्मचारी क्लव सुर्खेतको अध्यक्षमा चित्रप्रसाद रेग्मी चयन भएका छन् । क्लवको शनिबार सुर्खेतको वीरेन्द्रनगरमा सकिएको पाँचौ वार्षिक साधारणसभा तथा तेस्रो अधिबेशनले रेग्मीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
क्लवको उपाध्यक्षमा लछिराम बुढा, सचिव, मितेन्द्रनाथ योगी, सह–सचिब अमृताकुमारी आचार्य, कोषाध्यक्ष गिता रोकाय तथा सञ्चालक सदस्यहरुमा लबमान श्रेष्ठ, सुभाष श्रेष्ठ, दिलिप सारू, खड्क बंशी मगर, मन्जु तिवारी र सुमन पुरी चयन भएका छन् ।

सभाले लेखा संयोजकमा रत्ना राना एवं लेखा सदस्यहरुमा तुलसी प्रसाद घिमिरे र हरिप्रसाद पौडेललाई चयन गरेको कृषि सहकारी संस्थाका प्रबन्धक तिला गौतमले बताईन् ।