पहिलो पटक कर्णालीमा ग्रेजुएट सम्मेलन हुँदै
स्काई न्यूज /चैत २०, सुर्खेत । नयाँ–नयाँ खोज, अनुसन्धान र सम्भावना ढुढ्न कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पहिलो पटक ग्रेजुएट सम्मेलन आयोजना गर्न लागिएको छ ।
मध्यपश्चिम विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय सुर्खेत, नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय , त्रिभुवन विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्विनी बौद्ध विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, रिर्सोसेज हिमालय तथा आई सेट नेपाललगायतका विभिन्न संघ संस्थाहरुको सहयोगमा पहिलो पटक कर्णालीमा आठौं ग्रेजुएट सम्मेलन–२०२२ आयोजना गर्न लाएिको हो ।
सम्मेलनमा नेपालसहित ६ देशका करिब अढाई सय गे्रजुएट, पोष्ट ग्रेजुएट, तथा प्रि–पीएचडी अध्ययनरत शोध तथा अनुसन्धानकर्ताहरुले कार्यपत्रहरु प्रस्तुत गर्नुका साथै कर्णाली केन्द्रीत समस्याहरुको विस्तृत व्याख्या तथा विश्लेषण गरिने छ ।
दुई दिनसम्म चल्ने सम्मेलनमा नेपालसहित भारत, इथोपिया, चीन, थाईलेण्ड, भुटानलगायतका शोध तथा अनुसन्धानकर्ताहरुले कार्यपत्र प्रस्तुत गर्ने, सामूहिक छलफल तथा उत्कृष्ट अनुसन्धन तथा शोधकर्तालाई सम्मान गर्ने कार्यक्रम रहेको मध्यपश्चिम विश्विद्यालय विज्ञान तथा प्रविधि संकायका डीन सह–प्राध्यापक सुदिप ठकुरीले बताए ।
आईतबार पत्रकार सम्मेलन गरेर आठौं ग्रेजुएट सम्मेलनमा विभिन्न १२ वटा थिमेटिक प्रस्तुतीकरण अन्तर्गत खाद्यसुरक्षा, कृषि तथा वन, जलस्रोत तथा ऊर्जा, जलवायु परिवर्तन र प्रकोप, समाजशास्त्र, शिक्षा तथा व्यवस्थापन शास्त्र, दर्शनशास्त्र र विकास, नवपर्वतन तथा स्टिेम आदी जस्ता विषयहरुमा सहभागिहरुले मौखिक तथा पोस्टर प्रस्तुती दिने उनले जानकारी दिए ।
उनका अनुसार कर्णाली प्रदेशका शोध तथा अनुसन्धानमा रुची राख्ने विद्यार्थीहरुले समेत सशुल्क सम्मेलनमा सहभागिता गर्ने व्यवस्था मिलाईएको छ । चैत २१ र २२ गते हुने सम्मेलनको नारा ‘कनेक्टिङ डट्स रिसोर्स एण्ड प्रोस्पेरिटी’ राखिएको छ ।
कर्णाली लक्षित भूगोलमा भएका प्राकृतिक, सांस्कृतिक तथा अन्य स्रोतहरुको बहुआयामिक उपयोग गरी युवा बैज्ञानिक सिर्जनात्मक सोच र नवप्रवर्तनहरुको संयोजन गर्नु रहेको रिसोसेज हिमालयन फाउण्डेशनका कार्यकारी निर्देशक डाक्टर दिनेश न्यौपानेले बताए ।
उनले पहिलो पटक खोज, अनुसन्धानमा रुची राख्नेहरुका लागि ग्रेजुएट सम्मेलन सुर्वण मौका भएको जिकिर गरे । उनका अनुसार नयाँ–नयाँ खोज अनुसन्धान गर्नेहरुका लागि ग्रेजुएट सम्मेलन एउटा महत्वपूर्ण प्लेटफर्म हुनेछ ।