सुब्बाकुनामा डिजिटल यातायात सूचना बोर्ड
स्काई न्यूज /बैशाख २, सुर्खेत । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले सदरमुकाम वीरेन्द्रनगर भित्रिने मुख्यनाका सुब्बाकुनामा डिजिटल यातायात सूचना बोर्ड जडान गरेको छ । सडक दुर्घटना न्यूनिकरणमा सहयोग पुगोस् भन्ने उद्देश्यले ट्राफिक कार्यालयले कर्णाली प्रदेश खेलकुद विकास परिषद्को तीन लाख ३७ हजार ९ सय ३७ रुपैयाँको आर्थिक सहयोगमा डिजिटल यातायात सूचना बोर्ड जडान गरेको हो ।
खेलकुद परिषद्ले शुक्रबार एक कार्यक्रमका वीच डिजिटल यातायात सूचना बोर्ड जिल्ला ट्राफिक कार्यालय सुर्खेतलाई हस्तान्तरण गरेको छ । ट्राफिक कार्यालय सुर्खेतका प्रमुख उपेन्द्रप्रसाद आचार्यले साविक कर्णाली भित्रिने मुख्यनाका सुब्बाकुना चेकप्वाईन्टमा डिजिटल यातायात सूचना बोर्डले सवारी चालक तथा यात्रुलाई केही क्षणका लागि भएपनि सवारी दुर्घटना हुनुका बारेमा जानकारी दिन सहयोग पुग्ने अपेक्षा राखें ।
‘डिजिटल यातायात सूचना बोर्डको ट्राफिक कार्यालयका तर्फबाट स्वामित्व ग्रहण गर्दै उनले भने, ‘बजार क्षेत्रमा राखिएका ट्राफिक सिंगनल विभिन्न आन्दोलनका क्रममा तोडफोड गरेर क्षती पु¥याईपछि प्राविधिक हिसावले सबैको सहजता सुब्बाकुना नाकामा राखेका हौं ।’
उनले सडक दुर्घटना न्यूनिकरणसम्बन्धी सन्देशहरु राखिएको डिजिटल यातायात सूचना बोर्डले सडक दुर्घटनामा कमी आउने अपेक्षा राखिएको जनाए । उनका अनुसार सुब्बाकुना नाकामा सवारी ईन्ट्री अनिवार्य गर्नुपर्ने समयमा सवारी चालक र यात्रुहरुले सडक दुर्घटना सचेतना सम्बन्धी सन्देशमुलक सूचनाहरु डिजिटल यातायात सूचना बोर्डमा पढेर लाभ लिनु हुनेछ ।
सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले विभिन्न क्षेत्रहरुमा सचेतनामूलक अभियानहरु सञ्चालन गर्दै आएको भएपनि सडक दुर्घटना रोक्नका लागि डिजिटल यातायात सूचना बोर्ड प्रभावकारी हुने उनको विश्वास थियो ।
ट्राफिक सचेतना सम्बन्धि सन्देशमुलक जानकारीसहितको डिजिटल बोर्ड हस्तान्त्ररण गर्दै खेलकुद् परिषद्का सदस्य सचिव विश्वमित्र संज्यालले सामाजिक उत्तरदायित्व अन्तर्गत सडक दुर्घटना न्यूनिकरणमा सहयोग पुगोस् भन्ने उद्देश्यले ट्राफिक प्रहरी कार्यालयको आग्रहमा सहयोग गरिएको बताए ।
उनले ट्राफिक प्रहरी कार्यालयसँग सडक दुर्घटना न्यूनिकरण सचेतनाका लागि न्यून बजेट रहेको जानकारी पाएपछि सानो सहयोग भएपनि पवित्र उद्देश्यकका लागि डिजिटल यातायात सूचना बोर्ड हस्तान्त्ररण गरिएको जनाए । उनका अनुसार आगामी दिनमा समेत आम नागरिकको भलाईका लागि पवित्र उद्देश्य बोकेर यस्ता सहयोगका कामलाई बोर्डले निरन्तरता दिनेछ ।
प्रदेश राजधानी भएपछि सुर्खेतको वीरेन्द्रनगरमा सवारी साधनको चाप बढ्दै गईरहेको छ । सवारी साधन बढेसँगै दुर्घटना जोखिम समेत बढ्र्दै गईरहेकाले दुर्घटना न्यूनिकरणका लागि सबैपक्षबाट ट्राफिक नियमको अनिवार्य पालना गर्न तर्फ ध्याकर्षण गराईएको थियो ।
डिजिटल यातायात सूचना बोर्ड हस्तान्त्ररण कार्यक्रममा सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख डिभिजनल इन्जिनियर अभिमनदास मुल्मी, यातायात व्यवस्था कार्यालय सुर्खेतका प्रमुख आन्नद चपाई, प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखा नियन्त्रक मानबहादुर बम, सुर्खेतका प्रहरी उपरीक्षक पदमबहादुर विष्टलगायतको सहभागिता रहेको थियो ।