एनएमवी बैंकद्वारा काँक्रेविहारको सरसफाई

स्काई न्यूज /बैशाख ३, सुर्खेत ।  एनएमवी बैंक सुर्खेत शाखाले ऐतिहासिक धरोहर काँक्रेविहारको सरसरफाई गरिएको छ । हरेक वर्ष मनाईने विश्व सम्पदा दिवसको अवसर पारेर बैंकले शनिबार काँक्रेविहारको सरसफाई गरेको हो ।

दिवसको अवसरमा बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रभातफेरी गर्नुका साथै ऐतिहासिक काँक्रेविहारको सरसफाई गरिएको बैंकका कर्णाली प्रदेश एरिया मेनेजर मित्रराज प्याकुरेलले बताए । उनले २६ वर्षदेखि बैंकिङ्ग सेवा सुविधासहित काम गर्दै आएको बैंकले वित्तिय कारोवारसँगै सामाजिक क्षेत्रमा समेत उल्लेखिय कार्य गर्दै आएको जनाए । दिवसको अवसरमा बैंकसँगै सशस्त्र प्रहरीको रक्तकालि गण सुर्खेतले प्रभातफेरीसँगै संयुक्त सरसफाई गर्नुका साथै काँक्रेविहार परिसरमा फोहर संकलनका लागि डस्विन, झाड र डसप्यान समेत हस्तान्तरण गरेका छन् ।



विश्व सम्पदाको संरक्षण तथा संवर्धनका लागि नयाँ पुस्तालाई जागरूक बनाउन हरेक वर्ष अप्रिल १८ तारिखमा यो दिवस मनाउने गरिन्छ । नेपालमा प्रकृति संरक्षण, पर्यटन, संस्कृति, जैविक विविधता, पर्यावरण लगायतका क्षेत्रमा सरोकार राख्ने सरकारी निकाय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थावीच सहकार्य गरी विभिन्न कार्यक्रमका साथ यो दिवस मनाउँदै आईएको छ ।

Translate »