२०८३ असोज १६ , शुक्रबार
Sky News Nepal
October 2, 2026

‘दुईतिहाईको सरकारलाई ढाल्छु र सरकार बनाउँछु भनेर सामाजिक सन्जालाँ रुवाबासी गरेर हुँदो त !’



हैन नेपालका कमिनिष्ट नेता, वलि र प्रचण्ड ऐले सत्ता बाईर बस्नु पर्दा साह्रै तिलमिलाईराछन । फागुन २१ को चुनाबाँ नराम्रो शीत झापट खाका यिनिहरु दुई तिहाईको सरकार ढाल्छु, यो प्रतिक्रियावादि सरकार हो भनेर रातदिन बतुराबतुराई छन ।

जनताले भोट हालेर दुई तिहाई दिएका र चुनाबको निष्पक्षतामा कुनै खोट नदेखिएर शान्ति पूर्णरूपमा सम्पन्न भएको चुनाबबाट बनेको सरकारलाई नि सत्ताबाट फाल्छु, तिहारपछि आन्दोलन गर्छु भनेर कस्सिएका कमिनिष्टहरुलाई यो गतिविधिले आँफै बढारेर लग्न सक्छ भन्ने किन हेक्का नभा होला ! ?

यी नेताहरुलाई मन परेनि नपरेनि जेनजीहरुले दुई तिहाई ल्याएर सरकार चलाउँदैछन । सरकार चलाउँदा गल्ति र कमिकमजोरी भएभने तिनलाई सच्याउनका लागि खबरदारी गर्नु बाहेक अरु उपाए नहुँदा र देशको दुईतिहाई जनमत एकातिर अनि अर्को सत्ताबाट बाहिरिनु परेका पुराना दल भनम् कि कमिनिष्टहरु अर्को तिर हुँदैमा दुईतिहाईको सरकारलाई ढाल्छु र सरकार बनाउँछु भनेर सामाजिक सन्जालाँ रुवाबासी गरेर हुँदो त ! ऐले केही दिनदेखि प्रचण्ड सत्ताबिहिनताको पिडाले छटपटाका छटपटाई छन ।

तिहार पछिको आन्दोलन भन्दै बतुराउँदै गरेर क्यार्नु हिजो पो शेर बहादुरको पाटिथ्यो र तिनिसित घाँटी जोडि केई हुन्छ कि भन्नेथ्यो ऐले काँग्रेस आँफै टुक्रैटुक्रा भएर तितरवितर भा बेलाँ काँग्रेसका कुन नेतालाई समाउने हो र गठबन्धन गर्ने हुन ती प्रचण्ड ! अनि यता वलिको चाल छुट्टै छ ।

प्रधानमन्त्री अम्रिकातिर गा बेला यै हो मौका भनेर पुराना प्रधानन्यायाधीश चोलेन्द्रलाई बरु कार्यकारी प्रधानमन्त्री तैँलाई दिम्ला यो सरकार फाल्ने खेलमा अदालतलाई सामेल हुन भन्न पर्यो र अन्तरिम सरकार बनाउन पर्यो भनेर लाग्दा प्रधानमन्त्रीले आफू विरुद्ध हुन ला षडयन्त्र कतिछिटो था पाएर चोलेन्द्रलाई रातारात उठाको सुन्दा साँचै कमिनिष्टहरु आँटिलै हुन जस्तो नि लाछ ।

पैले जनताले राणा फाले ऐले कमिनिष्टहरले राणा ल्याउने खेल साँच्चिकै सफल भा भए त ७५ बर्षपछि फेरि यो देशाँ यिनै राणा फर्किने पो रैछन हैन्त ! हामी जनता लागि त यो बालेन सरकार रहेनि यिनी गएर राणा शासन आएनि हाम्रा लागि हर्ष न विस्माथ । हामी दुखि गरिब जनता दुख कैल्यै नहटने । जिन्दगी गुजार्ने कमाईकाज गर्न भारतका गल्लि गल्लि चाहार्नै पर्ने ।

नेपालको सरकारले हामी वेरोजगार जनतालाई कामकाज नदिने । गत भदौ २३ देखि खरानिमा परिणत भाको देश ऐले त्यै खरानी उडाउँदै दिन दहाडै, हत्याहिंसा, लुटपाट, अशान्ति र खुकुरी हानाहानमै ब्यस्तछ । अँझ यसै बेला भोटेकोशीमा आएको बाढिले त्यस क्षेत्रका जनतामाझ त्रासदि त छँदैछ ।

अँझ भएन भनेर अनेक बहानामा किनेर खानै नसक्ने गरि मूल्य बढेकोछ । बाढिको हल्लाले देशका अन्य पर्यटकिय क्षेत्रहरुसमेत बाढिकै प्रोपोगान्डामा सुनसान छन । बुक भएका होटेल र ट्रेकिङ क्षेत्रका बुकिङ समेत क्यान्सिल गरेर टुरिष्टहरले नेपालको यात्रा रद्द गरिसकेका छन । अब देशको अर्थतन्त्र यसरी डामाडोल हुँदैछ कि यसलाई कसैले रोक्न चाहेर नि रोक्न सक्ने स्थिति छैन ।

सरकार आफ्ना सिमित सल्लाहकार र सचिवालय सदस्य या उनका परिवारबाहेक अरुले खान पाए पाएनन भन्ने लेखना राख्ने अबस्थामा पनि छैन । दुई तिहाईको सरकारछ ५ बर्षसम्मलाई कसैले केही गर्न सक्ने वाला छैन त्यसपछिको चुनाबमा कुनै न कुनै उपाए आईत हाल्ला भन्ने विश्वासका साथ सरकार आँफुले समातेको बाटोमा निरन्तर हिँडि रहेकोछ ।

हुन पनि यो सरकारका मतदाताले सरकारको विरोध गरेका छैन । चुनाब हारेर सत्ता गुमाउन पुगेका कमिनिष्टहरुको चिच्याकल्लो र रुवाबासी र छटपटाहटले यो सरकारलाई केही फरक पर्नेवालाछैन भन्ने बुझेका सत्तारुढ नेता ‘काग कराउँदै गर्छ पिना सुक्दै गर्छ’ भन्ने उखानलाई सम्झेर आफ्नो बाटो हिँडि रहेका छन ।

हेरम् तिहार पछि कमिनिष्टहरले जनता सडकाँ उतार्छन कि कमिनिष्टका नेताहरु भागाभाग गर्छन ! अब एक्कै मैना पर्खिए सबैको हैसियत था भै हाल्छ । हैन र ! ?

–वरिष्ठ पत्रकार श्रीधर पौडेल लामो समयदेखि स्काई न्यूज दैनिक मार्फत समसामयिक राजनीतिक विषयवस्तुमा कलम चलाउँदै आएका छन् ।

प्रकाशित मिति : २०८३ असोज १६ गते शुक्रबार
Translate »