२०८३ असोज १६ , शुक्रबार
Sky News Nepal
October 2, 2026

आर्थिक सुधारका लागि २७ वटा नयाँ कानुन ल्याइने : अर्थमन्त्री वाग्ले



काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक सुधारका लागि सरकारले चालु आर्थिक वर्षमा २७ वटा नयाँ कानुन ल्याउने बताएका छन् । शुक्रवार आयोजित नेपाल पूर्वाधार सम्मेलन २०२६ तयारी सम्बन्धी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले आफू अर्थमन्त्री भएपछि पुराना ऐन खारेजदेखि नयाँ कानुन निर्माणको काम अघि बढाएको बताए ।

उनले भने, ‘म अर्थमन्त्री भएको आधा घण्टाभित्र १५ वटा पुराना ऐनहरू खारेज गरे । बजेटमा २७ वटा नयाँ कानुन यही वर्ष हामी लिएर आउँछौं । बजेट सुधारलाई सहायक हुने र आर्थिक सुधारको लागि २७ वटा कानुनका लागि अहिले मन्त्रालयहरूलाई लखेटिराखेको छौं ।’

वाग्लेले निजी क्षेत्रले विगतदेखि उठाउँदै आएको कानुन संशोधनको विषयलाई पनि सरकारले अघि बढाएको बताए । उनले भने, ‘सिएनआईले भनेको २८ वटा कानुन पमिार्जन गर्दिनुहोस् रामराज्य ल्याउँछौं हामी । उद्योग वाणिज्य संघले केही वर्ष अघि ४२ वटा कानुनको कुरा गरेको थियो । हाम्रो कानुनमन्त्रीले यति थोरै नि हुन्छ भनेर सबलाई उछिनेर १६६ वटा कानुन र त्यसमध्य पनि ५४ वटा क्याविनेटबाट पास भइसकेको छ ।’

अर्थमन्त्री वाग्लेले सुशासनको मर्म राज्यका सबै अंगमा विस्तार गर्नुपर्ने बताए । उनले भने, ‘राज्यका अन्य अंगहरु पनि सुशासनको यही मर्म बिजारोपण गर्दै फैलाउँदै लैजानुपर्ने छ । नत्र १७ जना मन्त्रीको व्यवहारले मात्र सिंगो राज्यको चरित्र बन्दैन तर मूल सफा भयो भने भने अरु कुरा पनि संलिन समय लाग्दैन ।’

उनले आर्थिक सुधारको प्रक्रियामा विभिन्न चुनौती रहेको भन्दै नीति र संस्था कब्जागरेर राज्यको दोहन गर्ने जरा गाडेर बसेको कूप्रवृत्तिलाई उखेल्न समय लागिरहेका पनि बताए । उनले भने, ‘चुनौतीहरू पनि धेरै छन् । नीति र संस्था कब्जा गरेर राज्यको दोहन गर्ने जरा गाडेर बसेको यो कूप्रवृत्तिलाई हल्लाउन र उखेल्न समय लागिरहेको छ ।’

प्रकाशित मिति : २०८३ असोज १६ गते शुक्रबार
Translate »