

सुर्खेत । सिंजा सभ्यता संरक्षण विषयक अन्तरक्रिया तथा सांस्कृतिक कार्यक्रम सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।
ऐतिहासिक खस भाषाको उद्गमस्थल सिंजा क्षेत्रको ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाको संरक्षण, नीतिगत पैरवी र लोक संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिने कार्यक्रम हो ।
सिंजा उपत्यकाभित्र रहेका मठ–मन्दिर, थान, शिलालेख, पाण्डुलिपि र पुरातात्विक कलाकौशलको संरक्षण तथा उत्खननमा राज्यको ध्यानाकर्षण गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको सिंजा सभ्यता संरक्षण तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रले आयोजना गरेको उक्त अन्तरक्रिया तथा सांस्कृतिक कार्यक्रममा नीतिगत बहस अन्तर्गत सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक तथा स्थानीय नीतिहरुको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवालाबीच विचार–विमर्स गरिएको छ ।
सिंजा क्षेत्रको ऐतिहासिक महत्वलाई उजागर गर्दै आन्तरिक तथा बाह्य सांस्कृतिक पर्यटनमा टेवा पु¥याउनु कार्यक्रमको अर्को मुख्य उद्देश्य रहेको केन्द्रका अध्यक्ष जयबहादुर बुढाले बताए । उनले लोपोन्मुख खस कला, देउडा खेल, जात्रा र परम्परागत भेषभूषाको पुस्तान्तरण एवं प्रवद्र्धन गर्नेलगायतका बारेमा कार्यक्रममा समावेश गरिएको जानकारी दिए ।


सिंजा क्षेत्रमा प्रचलित स्थानीय बाजागाजासहित अतिथि सत्कारबाट शुरु भएको कार्यक्रममा सहायक प्राध्यापक भीमबहादुर रोकायाले ‘सिंजा सभ्यताको वर्तमान अवस्था, चुनौती र संरक्षणका उपाय’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा जनप्रतिनिधिसहित सिंजाका स्थानीय अगुवा, युवा र विज्ञहरुबीच संरक्षणका लागि आगामी कदमबारे खुला बहस भएको थियो ।
कार्यक्रममा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री टेकराज पछाई, वरिष्ठ डिभिजनल वन अधिकृत मुनबहादुर रावत, वीरेन्द्रनगर नगरपालिका–१२, नम्वरका वडाध्यक्ष चुडामणि चपाई, दुईका वडाध्यक्ष गजबहादुर बुढा, कनकासुन्दरी गाउँपालिकाका पूर्व अध्यक्ष नरविर रावत, पूर्व वडाध्यक्ष बलबहादुर रोकाया, संस्थाका आजीवन सदस्य टोपबहादुर रावत देउडा गायक नवराज भण्डारी, सम्झना अधिकारी, सपना रावल, शिक्षा अधिकृत डम्मरकुमारी रोकाया, राष्ट्रिय वाणिज्य बैंक मुगुका प्रबन्धक मानबहादुर बुढा, पशु स्वास्थ्य कार्यालय सुर्खेतका डाक्टर साजन रोकाया, केन्द्रका सचिव मक्क बुढालगायतको सक्रिय सहभागिता रहेको विविध सांस्कृतिक कार्यक्रम सञ्चालक शेरबहादुर रोकायाले जानकारी दिए ।
उनका अनुसार कार्यपत्रमा आयका सुझावहरुमा मुख्यतः कार्ययोजना कार्यन्वयनका लागि छुट्टै समिति गठन हुनुपर्ने, सिजा सभ्यता सम्बन्धी विषय पाठ्यक्रममा राख्नु पर्ने र कार्यक्रमका लागि बजेटको सुनिश्चितता हुनुपर्ने लगायतका सुझाव संकलन भएका छन् ।




