अन्तरपार्टी महिला सञ्जाल सुर्खेतको अध्यक्षमा खत्री

भदौ २२, सुर्खेत ।
अन्तरपार्टी महिला सञ्जाल सुर्खेतको अध्यक्षमा दीक्षा खत्री चयन भएकी छिन् । सञ्जालको शनिबार वीरेन्द्रनगरमा सम्पन्न भेलाले समाजवादी पार्टीका खत्रीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

भेलाले उपाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका राधिका थापा, सचिवमा नेपाल कम्युनिष्ट पार्टीका लक्ष्मी ज्ञवाली र कोषाध्यक्षमा नेपाली काँग्रेसका लालमति पन्त तथा सदस्यमा शान्ति सिंह, देविसरा विक, रुपा भण्डारी, यामुना सापकोटा, गिता तिमिल्सेना, मेनुका भण्डारी, कोकिला शाही, बसन्ती थापा, डिलु खड्का र गंगा नेपालीलाई चयन गरेको छ ।

Translate »