२०८३ भदौ २७ , शनिबार
Sky News Nepal
September 13, 2026

निजामति सेवा दिवस मनाइयो



भदौ २२, सुर्खेत ।
सुर्खेतमा निजामती सेवा दिवस विविध कार्यक्रम गरी मनाइएको छ । ‘सक्षम निजामती प्रशासन, विकास समृद्धि र सुशासन’ भन्ने नाराका साथ निजामती सेवा दिवस आइतबार विभिन्न कार्यक्रमका साथ मनाइएको हो ।  दिवसका अवसरमा आइतबार बिहान स्थानीय मंगलगढी चोकबाट निजामती पोशाकसहितको प्रभातफेरीको आयोजना गर्नुका साथै रक्तदान र २५ जना पूर्व निजामति कर्मचारीलाई सम्मान गरिएको थियो  ।


जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले निजामती राष्ट्रसेवक कर्मचारीलाई जनताप्रति समर्पित भएर काम गर्न निर्देशन दिए । जनताप्रति समर्पित, सदाचारयुक्त र प्रतिस्पर्धी क्षमतासहितको निजामती सेवामा क्रियाशील बन्न उनले आग्रह गरे । उनले कहीं कतै पनि ढिलासुस्ती नगरि जनताको सेवा खटिन पनि कर्मचारीलाई सुझाए । कार्यक्रममा कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी, प्रदेशका प्रमुख सचिव केवलप्रसाद भण्डारी, जिल्ला समन्वय अधिकारी दुर्गाप्रसाद चालिसे, निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्का, आधिकारिक टे«ड यूनियनका जिल्ला अध्यक्ष मोहन गिरीलगायतले आ–आफ्ना भनाइ राखेका थिए ।

प्रकाशित मिति : २०७६ भदौ २२ गते आइतबार
Translate »