२०८३ साउन २५ , सोमबार
Sky News Nepal
August 11, 2026

नक्कली फेसबुकले कर्णालीका मुख्यमन्त्री हैरान



असोज १२, सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही यति नक्कली फेसबुकले हैरान भएका छन् । मुख्यमन्त्रीकै नाममा नक्कली फेसबुक एकाउन्ट खोलेर चरित्र हत्या गर्न खोजिएको भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार प्रेस विज्ञप्ति मार्फत ध्यानाकर्षण भएको जनाएको हो ।  मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा नक्कली फेसबुक अकाउन्टको भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह गरिएको छ । ‘सामाजिक सञ्जालको दुरुपयोग गर्दै मुख्यमन्त्रीको चरित्रहत्या गर्ने तथा आफ्नो व्यक्तिगत स्वार्थपूर्ति गर्ने उद्देश्यका साथ नक्कली आइडीबाट विभिन्न व्यक्ति तथा निकायमा च्याटमार्फत् अवाञ्छित निर्देशन तथा माग गर्ने गरिएको पाइएको छ’, विज्ञप्तिमा भनिएको छ,’ ‘यस्तो क्रियाकलापको भ्रममा नपर्न सरकारी तथा गैरसरकारी निकाय, शुभचिन्तक तथा आम जनसमुदायसँग अनुरोध गर्दछौँ ।’ स्वकीय सचिवालयले नक्कली फेसबुक आइडी प्रयोग गर्ने व्यक्तिको पहिचान गरी कानूनी कारवाहीको प्रक्रिया अघि बढाउन सम्बन्धित निकायमा जानकारी समेत गराइसकिएको जनाएको छ । मुख्यमन्त्रीको व्यक्तिगत फेसबुक अकाउन्टको लिङ्क महेन्द्र डट शाही डट १६५ रहेकाले यसबाहेक उनको नाम जोडेर चलाइएका अन्य आइडीको विश्वास नगर्न विज्ञप्ति मार्फत आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०७६ असोज १२ गते आइतबार
Translate »