२०८३ असोज ११ , आइतबार
Sky News Nepal
September 27, 2026

सुर्खेतमा काँग्रेसको चियापान कार्यक्रम



स्काई न्यूज /असोज २६, सुर्खेत ।
नेपाली कांग्रेस सुर्खेतले कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कांग्रेसले देशभरी कोजाग्रत पूर्णिमाको दिनमा चियापान कार्यक्रम गर्दै आएको हो । आइतबार विहान भएको चियापान कार्यक्रममा कांग्रेसका नेता कार्यकर्तासंगै अन्य राजनीतिक दलहरुका जिल्लास्तरीय शीर्ष नेतृत्वहरुको पनि सहभागिता रहेको थियो ।

सुर्खेत जिल्ला पार्टी सभापति कमलराज रेग्रमीले विपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिएर शुरु गर्नु गरेको चियापान कार्यक्रम ऐतिहासिक भएको उल्लेख गरे । उनले राष्ट्रिय एकता तथा मेलमिलाप मुलुकका लागि आज पनि उत्तिकै आवश्यक रहेको औल्याए ।


चियापान कार्यक्रमबाट आपसी सद्भाव तथा भाइचारा बढाउन सहयोग पुगेको काँग्रेसको अपेक्षा छ । चियापान कार्यक्रममा, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा सुर्खेतका अध्यक्ष धुर्वकुमार शाही, नेकपा नेता नरबहादुर विष्ट्, ठम्मर विष्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष मानबहादुर खड्का, जनमोर्चा सुर्खेतका अध्यक्ष गोविन्द्रप्रसाद सुवेदी, सिम्ता गाँउपालिका अध्यक्ष कविन्द्रकुमार केसी, लेकबेशी नगरपालिका प्रमुख गगनसिंह सुनार लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७६ असोज २६ गते आइतबार
Translate »