नेकपा सुर्खेतको चियापान

स्काई न्यूज /असोज २९, सुर्खेत ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुर्खेतले बुधवार वीरेन्द्रनगरमा चियापान कार्यक्रम गरेको छ । कार्यक्रममा नेकपा सुर्खेतका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य धु्रर्वकुमार शाहीले सबै राजनीतिक दलहरु एकै स्थानमा बसेर चियापान कार्यक्रमबाट जनतामा सकरात्मक सन्देश गएको बताए । उनले मुलुकको समृद्धिका लागि सबै राजनीतिक दलमा आपसी एकता तथा मेलमिलाप अपरिहार्य रहेको औल्याए । पार्टी सचिव कृष्ण जिसीले पार्टी एकताको उत्साह बढेपनि अझै थुप्रै कामहरु बाँकी रहेकाले छिट्टै पुरा गरिने विश्वास व्यक्त गरे ।


कार्यक्रममा कर्णाली प्रदेश सभामुख राजबहादुर शाही, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीलगायतको उपस्थिती रहेको थियो । यस्तै नेपाली कांगे्रस सुर्खेतका सभापति कमलराज रेग्मी, वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदी लगायत अन्य राजनीतिक दलहरुका जिल्लास्तरीय नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

Translate »