२०८३ साउन २७ , बुधबार
Sky News Nepal
August 12, 2026

कर्णाली प्रदेश प्रमुख कलौनीद्वारा पदभार ग्रहण



स्काई न्यूज /कार्तिक २०, सुर्खेत ।
कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट मंगलबार शपथ लिएका कलौनीले बुधबार सुर्खेतको वीरेन्द्रनगरमा सामान्य कार्यक्रमका वीच प्रदेश प्रमुखको पदभार ग्रहण गरेका हुन् । कार्यक्रममा पदभार ग्रहण पछि कलौनीले कर्णाली प्रदेश सरकारले लिएको विकास तथा समृद्धिमा समन्वय एवं रचनात्मक भूमिका निर्वाह गर्ने बताए । कार्यक्रममा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाही, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, उपसभामुख पुष्पा घर्ती, मुख्य न्यायधिवक्ता विद्याभूषण मानन्धर लगायतले माला लगाएर स्वागत गरेका थिए ।

प्रकाशित मिति : २०७६ कात्तिक २० गते बुधबार
Translate »