


स्काई न्यूज/ मंसिर २, सुर्खेत ।
राष्ट्रिय जनमोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । जनमोर्चा जिल्ला समिति सुर्खेतको सोमबार वीरेन्द्रनगरमा बसेको २०औं पूर्ण बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । कार्यक्रम अनुसार मंसिरदेखि चैत्रसम्म राष्ट्रियता, गणतन्त्र तथा धर्मनिरपेक्षताको रक्षा गर्दै संघियता खारेजीको माग, क्षेत्रगत रुपमा पूर्व पश्चिम तथा मध्य गरी संगठनात्मक कार्यक्रम संचालन गर्ने, भारतले नेपालको कालापानी, लिपुलेक, लिम्पीया धुरालगायत ३९५ वर्ग किलोमिटर भूभाग आफ्नो राजनैतिक नक्सामा सामेल गरेका सरकारसँग छिटो भन्दा छिटो कुटनैतिक पहल गरि अतिक्रमित भूमि फिर्ता लिन दवाव दिनेलगायत रहेका छन । सुर्खेतका अध्यक्ष गोविन्द प्रसाद सुवेदीको अध्यक्षतामा बसेको बैठकमा कर्णाली प्रदेशका ईन्चार्ज रत्नविक्रम रानाप्यासी सुर्खेतका ईन्चार्ज कृष्णकुमारी रावललगायतको सहभागिता रहेको थियो ।











