‘सूचिकरणमा नजानेलाई कार्वाही गर’

योगदानमा आधारित सामाजिक सुरक्षा दिवस

स्काई न्यूज /मंसिर ११, सुर्खेत 
योगदानमा आधारित सामाजिक सुरक्षा दिवस सुर्खेतमा मनाईएको छ । संयुक्त टे«ेड युनियन समन्वय केन्द्र (जेटियूसीसी) कर्णाली प्रदेश समन्वय समितिको आयोजनामा बुधबार विभिन्न कार्यक्रम गरि मनाईएको हो । ‘रोजगारदाताः म श्रमिक, मेरो सूचिकरण गर, सरकार ः सूचीकरण पूर्ण कार्यान्वयन गर’ प्लेकार्ड सहित विभिन्न क्षेत्रका श्रमिक तथा टे«ड युनियनकर्मीहरुले नारा लगाउँदै ¥याली निकालेका थिए । ¥यालीपछि भएको सभालाई सम्बोधन गर्दैै जेटियूसीसीका कर्णाली संयोजक तेजप्रकाश जिसीले सूचिकरण अवधि समाप्त हुँदै गर्दा प्रदेशका रोजगारदाताले कोषमा सहभागिता नजाउँदा आम श्रमिकहरुको सामाजिक सुरक्षा योजनामा समावेश हुनबाट वञ्चित हुनु परेको जनाए । रोजगारदाता र सरकारले पूर्ण कार्यान्वयन तर्फ ध्यान नदिएको प्रति आक्रोश व्यक्त गर्दै उनले तत्काल सबै रोजगारदाताहरुलाई सूचिकरणमा जान र नजानेलाई कार्वाही गर्न सरकारसँग माग राखे । ‘जेटियुसीसीले सबै श्रमिकहरुको पक्षमा विभिन्न सचेतनामूलका काम गर्दै आइरहेको छ,’ उनले भने, ‘प्रदेशका औपचारिक तथा अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन दवावमूलक कार्यक्रमहरु आवश्यक छ ।’ उनले श्रमिकहरुलाई रोजगारदाताहरुको भ्रममा नपरी आफ्नो हक, हित र अधिकारका लागि सचेत रहन आग्रह गरे ।


सभालाई सम्बोधन गर्दै जेटियूसीसी प्रदेश सदस्य ललित घर्तीले त्रिपक्षीय सम्झौतामा ऐन, नियमावली सहित कार्यान्वयनमा आएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा रोजगारदाताले आनाकानी गरी श्रमिकको अधिकारलाई कुण्ठित गर्ने कार्य गरिरहेको बताए । उनले अठोटका साथ आफ्नो मौलिक अधिकार प्राप्तिका लागि आ–आफ्नो क्षेत्रका संघर्षरत रहन समेत श्रमिकलाई आव्हान गरे ।

Translate »