किसानलाई हातेट्र्याक्टर वितरण

स्काई न्यूज / असार ८,सुर्खेत ।

परिवर्तन महिला साना किसान कृषि संस्था गुमी सुर्खेतले आफ्ना सदस्यलाई हाते ट्र्याक्टर वितरण गरेको छ । गुर्भाकोट नगरपालिका कृषि शाखाको सहयोगमा संस्थाले उक्त कृषि औजार वितरण गरेको हो । नगरपालिकाको ५० प्रतिशत अनुदान र ५० प्रतिशत किसानको लगानीमा हाते ट्र्याक्टर वितरण गरिएको संस्थाकी प्रबन्धक दिमा रानामगरले बताइन्। उनका अनुसार साविकको गुमी गाविस हाल गुर्भाकोट नगरपालिकाको वडा नं.१३ र १४ मा कार्यक्षेत्र भएको संस्थाले ४ जना किसानलाई हाते ट्र्याक्टर उपलब्ध गराएको हो । किसानलाई व्यावसायिक बनाउनका लागि विभिन्न रचनात्मक सहयोग गर्दै आएको संस्थाले स्थानीय सरकारसँग सहकार्य गरी आवश्यक प्रविधि उपलब्ध गराउन सफल भएको उनको भनाइ छ ।

Translate »