२०८३ असोज १३ , मंगलबार
Sky News Nepal
September 29, 2026

व्यावसायिक किसानलाई भैंसी वितरण



स्काई न्यूज / असार १८, सुर्खेत ।

पशुपक्षी विकास निर्देशनालय कर्णाली प्रदेशले सुर्खेतको बराहतालका किसानलाई रू. ६५ लाख भन्दा बढी रकम बराबरको ५० ओटा भैंसी वितरण गरेको छ । बराहताल गाउँपालिका–५ सुन्द्धारी गाउँका ४१ जना किसानलाई निर्देशनालयले आइतवार एउटा राँगोसहित थप २६ ओटा भैंसी वितरण गरेको हो । केही दिनअघि निर्देशनालयले २५ ओटा भैंसी वितरण गरेको थियो । निर्देशनालयका निमित्त निर्देशक खड्कबहादुर सिंजाली, अधिकृत मोहन गिरी लगायतको उपस्थितिमा आइतवार किसानहरूलाई भैंसी वितरण गरिएको हो दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी व्यावसायिक किसानको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले भैंसी वितरण गरिएको निर्देशनालयका अधिकृत गिरीले जानकारी दिए । निर्देशनालयले रू. ४७ लाख ५० हजार र बाँकी किसानको लगानीमा रू. ६५ लाख बढीको भैंसी खरीद गरेर वितरण गरिएको गिरीले वताए ।

प्रकाशित मिति : २०७७ असार १८ गते बिहीबार
Translate »