२०८३ भदौ १० , बुधबार
Sky News Nepal
August 26, 2026

जुम्लामा चट्याङ लागेर सयौँ भेडा मरे

क्षतिको विवरण आउन बाँकी


स्काई न्यूज / भदौ ९, जुम्ला ।
जुम्लाको पातारासी गाउँपालिकाको पाटनमा चट्याङ लागेर सयौँ भेडा मरेका छन् । सोमबार लागेको चट्याङमा परी पातारासी गाउँपालिका ४ का ५/६ जना किसानका अनुमानित ५ देखि ६ सय सम्म भेडा मरेको अनुमान गरिएको छ । ४ नम्बर वडाध्यक्ष काली बहादुर रावतले भने, “एकिन कति मरे कति बराबरको क्षति भयो भन्ने विवरण आउन बाँकी छ । घटनास्थल तर्फ किसानहरू गइरहेका छन् । क्षतिको पुरा विवरण भने केही समयमा आउने छ ।” पातारासीको बाग जाले सामुदायिक वन अन्तरगर्तको (ढाणखर्क मासिमसेरा) भन्ने पाटमा चट्याङ परेपछि सयौँको सङ्ख्यामा भेडा परेका हुन् । स्थानीय विष्णु बुढा, जयबहादुर बोहरा लगायत किसानका भेडा परेका हुन् ।

चरण क्षेत्रमा परेको चट्याङले पातारासी गाउँपालिकाका भेडा पालक किसानको पुर्खौली पेशानै बन्द हुने गरी बज्रपात पारेको पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढथापाले बताए। पातारासी क्षेत्रका अधिकांश स्थानीयको मुख्य आम्दानीको स्रोत भनेकै भेडा पालन हो । बुढथापाले भने,“सबै भेडा मरेपछि व्यावसायिक रूपमा भेडा पालेरै जीविको पार्जन गर्दै आएका किसानलाई रोजीरोटी जुटाउनै मुस्किल पर्ने अवस्था आएको छ ।” ठुलो सङ्ख्यामा भेडा मरेपछि यहाँका किसानहरू चिन्तित बनेका छन् । बिमा गरेको भए त ठिकै हैन भने पातारासीका भेडा पालक किसानहरूले अबदेखि भेडा पालन व्यवसायबाट हातमुख धुनुपर्ने अवस्था आएको छ । जुम्लामा २०७० सालमा निरन्तर परेको असिना, पानी र हावाहुरीले करिब सात सय भेडा मरेका थिए ।

प्रकाशित मिति : २०७७ भदौ ९ गते मंगलबार
Translate »