तीन हप्तादेखि टेलिफोन सेवाबाट बञ्चित


स्काई न्यूज / भदौ २९,सिमकोट ।
हुम्लाको सर्केगाड गाउँपालिका–२ मा रहेको नेपाल टेलिकमको टावरमा खराबी आउँदा रिप र उनापानी गाउँका करीब ६०० घरधुरीका वासिन्दा सञ्चार सेवाबाट बञ्चित भएका छन् । टेलिफोन सेवा अवरुद्ध हुँदा स्थानीय र टाढा रहेका आफन्तहरूसँग सम्पर्क गर्न नपाएको उनीहरूको गुनासो छ । तीन हप्तादेखि टावरमा समस्या आएपछि मर्मतको लागि टेलिकम शाखा सिमकोटमा बारम्बार जानकारी गराउँदा पनि कुनै वास्ता नगरेको रिप गाउँका स्थानीय वीरजन महताराले बताए । गाउँमै रहेको टावरले काम नगर्दा तीन घण्टाको पैदल हिडेर टेलिफोन सम्पर्कमा जोडिनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।